राजनीति
चुनावको इफेक्टः काभ्रेमा एमालेले थाल्यो कारबाही प्रक्रिया
काभ्रेमा एमालेले कारबाहीको डण्डा चलाउन सुरु गरेको छ ।
निर्वाचनमा नराम्रोसँग पराजय बेहोरेको एमालेले बनेपामा एक जना निर्वाचित वडा सदस्यलाई संगठित सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
बनेपा नगरकमिटीका अध्यक्ष नवराज मानन्धरले एक विज्ञप्ति मार्फत वडा नम्बर १२ मा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित सागर तामाङलाई कारबाही गरेको बताउनुभएको हो ।
विज्ञप्तिमा भनिएको छः पार्टीको आधिकारिक निर्णय, नीति तथा निर्देशन विपरीत कार्य गरेको, हालै सम्पन प्रतिनिधि सभा निर्वाचनको चुनावी प्रक्रियामा पार्टी संगठनलाई असहयोग गरेको तथा पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको निष्कर्षसहित संगठित सदस्यबाट समेत निष्कासन गरिएको छ ।
बनेपामा एमालेले प्रत्यक्ष र समानुपातिक तर्फ तेस्रो मत प्राप्त गरेको छ । यो पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १७ हजार ५७१ र समानुपातिकमा १८ हजार ३७७ मत प्राप्त गर्दै प्रथम भएको छ ।








