समाज

चौंरीदेउराली गाउँपालिकाद्वारा शहरमा बस्ने आफ्नो नागरिकलाई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण शहरमै सुरु

milijulikhabar

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाद्वारा शहरमा बस्ने आफ्नो नागरिकलाई शहरमै सेवा उपलब्ध गराउन थालेको छ । 

गाउँपालिकाले आजबाट सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण शहरमै थालेको हो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल लगायतका शहरी क्षेत्रमा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई लक्षित गरेर सेवा थालिएको पालिका अध्यक्ष रेणुका चौलागाईले जानकारी दिनुभयो । सम्बन्धित वडा तथा गाउँपालिकाको कार्यालयमा पुगेर नवीकरण गर्न नसक्ने अशक्त र ज्येष्ठ नागरिकहरूका लागि शहरमै सेवा दिइएको अध्यक्ष चौंलागाईको भनाई छ । 

पालिकाले स्टार फुड एण्ड बैंकुट, पेप्सीकोलाबाट सेवा दिन थालेको हो । आज र भोली वडा नम्बर १, ८ र ९, साउन २० र २१ गते वडा नम्बर २, ४ र ५ तथा साउन २२ र २३ गते ३, ७ र ६ नम्बर वडाका नागरिकले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्न सक्नेछन् । 

बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिइने पालिकाका पञ्जिकरण शाखाका उर्मिला परियारले जानकारी दिनुभयो । 

 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर