राजनीति

चौंरीदेउराली बन्यो रास्वपा काभ्रेको पहिलो अधिवेशन सम्पन्न गर्ने पालिका

milijulikhabar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चौंरीदेउराली गाउँपालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ । 

आज भएको अधिवेशनबाट श्रीमान तामाङ सभापति रहेको नयाँ पालिका स्तरीय समिति गठन भएको छ । उपसभापतिमा सरिता चौलागाईं, सचिवमा विनोद ढुंगाना, सहसचिवमा झलक गौतम र कोषाध्यक्षमा देवी बहादुर चौलागाई निर्वाचित हुनुभएको छ । सदस्यहरुमा राजकुमार गौतम, बिदुर पन्त, अभिषेक प्रधान, सुजिता चौलागाईं, अशोक श्रेष्ठ र डिल्ली प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ । 

अधिवेशन मार्फत केदार काफ्ले संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा भीमसेन गौतम, बुद्धि ढुंगेल र उद्धव गौतम चयन हुनुभएको छ । 

चौरी देउराली सम्पर्क समितिको संयोजकमा प्रकाश दाहाल तथा जिल्ला अधिवेशन प्रतिनिधिका लागि धर्मनाथ बुढाथोकी, कमलप्रसाद काफ्ले, उज्ज्वल चौलागाई र उमा प्रधान चयन हुनुभएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा उमेश कुमार गौतम र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेखबहादुर लामा तामाङ चयन हुनुभएको छ । 

चौंरीदेरालीमा आज सम्पन्न अधिवेशन जिल्लाको १३ वटा स्थानीय तह मध्ये रास्वपा काभ्रेको पहिलो पालिका अधिवेशन हो । अब क्रमशः पालिकाहरुको अधिवेशन हुने जिल्ला सभापति प्रवीण ढकालले जानकारी दिनुभयो । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर