राजनीति
नेकपा धुलिखेल नगर संयोजन समितिको बैठक सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धुलिखेल नगर संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
आज पार्टी कार्यालय धुलिखेलमा कार्यबहाक नगर कमिटी अध्यक्ष यादव कोइरालाको अध्यक्षता र केन्द्रीय सदस्य एवं सह-इन्चार्ज बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकले सदस्यता नवीकरण जतिसक्दो छिटो गर्ने, वडा तथा नगर कमिटीको अधिवेशनको तयारी गर्ने निर्णय गरेको छ ।
बैठकले किसानलाई रसायनिक मलको यथोचित ब्यवस्था गर्न र बँदेल पीडित किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।
आगामी भदौ १४ गते नगर कमिटीको विस्तारित बैठक निर्णय भएको छ । बैठकका प्रमुख अतिथी हुमागाँईले पार्टीको नीति र भाबी कार्य योजनाको बारे प्रष्ट पार्नु भएको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्यहरू विष्णु मिजार, पृथ्वी बहादुर थापा, नगर इन्चार्ज हरिगोपाल प्रधानाङ्गसहित जिल्ला कमिटी सदस्य लगायतको उपस्थिति थियो ।










