राजनीति
उज्यालो नेपाल पार्टीको काभ्रे जिल्ला समिति पुनर्गठन, अध्यक्षमा रोशीका चैनमान लामा
उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्ला समिति पुनर्गठन गरेको छ । आज बनेपामा भएको विस्तारित बैठक मार्फत जिल्ला समिति पुनर्गठन गरिएको हो ।
पुनर्गठित जिल्ला समितिको अध्यक्षमा रोशी गाउँपालिका वडा नम्बर १ का चैनमान लामा चयन हुनुभएको छ । उपाध्यक्षहरुमा नमोबुद्धका मिन्टु लामा, तेमालका डि.के मोक्तान, तेमालकै सुनिता लामा र पाँचखालका छ्योइसाङ तामाङ छ । सचिवमा भुम्लुका सिगंमान लामा, सहसचिबमा लप्साङ लामा, सन्त बहादुर वाईबा, वाङछु राज वाईबा, बिरान लामा र कोषाध्यक्षमा मेघ लामा चयन भएका छन् ।
विस्तारित बैठक मार्फत जिल्ला कार्यसमिति, सचिवालय र जिल्ला सदस्यीय सहित १०१ सदस्यीय भन्दा बढीको समिति गठन भएको हो ।
आजै विरेन्द्र लामा अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला स्तरीय युवा फ्रण्टसमेत गठन गरिएको छ । उपाध्यक्षमा रेनु तामाङ, सचिबमा सन्त सिंह तामाङ, सहसचिवमा हिरा कुमारी लामा र कोषाध्यक्षमा सिर्जना तामाङ चयन हुनुभएको छ ।
बिस्तारित बैठकलाई पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा समर्थन तथा विरोध गरिने बताउनुभयो । साथै उहाँले स्थानीय तह र प्रदेश निर्वाचनको तयारीमा छुट्नमा पार्टी कमिटीलाई निर्देशन दिनुभयो ।
बिस्तारित बैठकलाई उपमहासचिव जितराम लामा, सचिवहरु केदार खड्का र सुमि मोक्तान, केन्द्रीय सचिवालय सदस्य ज्योत्सना सैंजु लगायतले सम्बोधन गर्नुभएको थियो ।








