कृषि
नमस्ते कृषि सहकारीद्वारा धुलिखेलका किसानलाई बाली वस्तु विशेष स्थलगत तालिम प्रदान
धुलिखेल नगरपालिका वडा नम्बर ३ मा रहेको नमस्ते कृषि सहकारी प्रा.लिले किसानलाई बाली वस्तु विशेष स्थलगत तालिम प्रदान गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा सहकारीले आज किसानलाई तालिम दिएको हो । तालिममा धुलिखेल नगरपालिकाका अगुवा किसान सहभागी थिए । ४० जना किसानले तालिममा सहभागिता जनाएका थिए ।
सहकारीका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब यादव कोइरालाले गर्नु भएको थियो ।
किसानहरुलाई आलु बालीका बारेमा विस्तृत जानकारी गराइको थियो । आलु रोप्नु अघि खेत बारीको तयारीदेखि बीउ छनौट, मलको प्रयोग, बजारीकरणसम्मका विषयमा किसानहरुले चासो राखेका थिए ।
परियोजनाका कृषि प्राविधिकहरुले माटोको अमलियपनदेखि आलु खेती गर्दा किसानहरुले ख्याल गर्नुपर्ने कुराका बारे जानकारी गराएका थिए ।








