कृषि

महाभारत गाउँपालिकाका किसानलाई ब्यवसायीक कफी तालिम

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले किसानलाई पालिका स्तरीय ब्यवसायीक कफी तालिम प्रदान गरेको छ । 

पालिकाको कृषि शाखाले हिजो र आज दुई दिन तालिम दिएको हो । तालिममा पालिकाभित्रका ८ वटै वडाबाट कफी खेती गरिरहेका मध्ये ४५ जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा कम्तीमा ५ सय रोपनी क्षेत्रफल जमिनमा कफी खेती गरिरहेका किसानको सहभागिता उल्लेखिय थियो । 

गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीका अनुसार बीउ छनोट, नर्सरी स्थापना, बगैचा ब्यवस्थापन, कफीको टिपाइ, सुकाउने, पिस्ने, गुणस्तरीय कफी उत्पादन, रोग किराको उपचारदेखि बजार व्यवस्थापनसम्मको विषयमा किसानलाई तालिम दिएको हो । 

तालिमको शुभारम्भ गर्दै पालिका अध्यक्ष कान्छालाल जिम्बाले कफीको उत्पादन बृद्धिमा जोड दिनुभयो । उहाँले कफी खेती मार्फत किसानको आयआर्जन बृद्धि भैरहेको भन्दै यसलाई थप ब्यवसायीक बनाउन पालिकाले किसान मैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।  पालिकाले नीति तथा कार्यक्रम मार्फत ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अन्तर्गत किसानलाई कफी खेती तर्फ आकर्षित गरिरहेको अध्यक्ष जिम्बाको भनाई छ । 

पालिकाकाले वडा नम्बर २, ३, ४ र ५ लाई कफी विशेष पकेट क्षेत्र घोषणा गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार पालिकाभित्रको करिब ४५ सय रोपनी जमिनमा कफी खेती भैरहेको छ । कफी खेतीबाट महाभारत गाउँपालिकाका किसानले मनग्य आम्दानी लिरहेका छन् । वर्षैपिच्छे कफी खेती गर्ने किसानको संख्या बढ्दो छ । केही वर्षअघिसम्म बाँझो रहेको जमिनमा अचेल कफीको बोट देखिन्छ पाइन्छ ।  

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर