कृषि

बेथानचोक–२ मा आईपिएम कृषक पाठशाला समापन, २५ जना किसान सहभागि

milijulikhabar
तस्बिर/ शब्द: प्रकाश सुन्दास

बेथानचोक गाउँपालिका वडा नम्बर २ मा आईपिएम कृषक पाठशाला समापन भएको छ । 

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेको पाठशाला आज समापन गरिएको हो । पाठशाला तीन महिलासम्म सञ्चालन भएको थियो । 

बेथानचोक महाभारत कृषक समूह अन्तर्गत सञ्चालित पाठशालामा २५ जना किसान सहभागि भएका थिए । समुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम अन्तर्गत किसानहरुले बन्दा बालिमा आइपिएम सिकेका थिए । बाली लगाउनु पूर्व माटोको अवस्थादेखि सत्रु जीव तथा मित्र जीवको ब्यवस्थापन, रोग, किरा नियन्त्रण, जैविक विषादी निर्माण, प्रयोग हुँदै बजार पठाउँदासम्मको अवस्थाका बारे सिकाइएको थियो । 

बर्षौदेखि कृषि पेसा गर्दै आएका यहाँका किसानहरुले पहिलो पटक आईपिएम पाठशालामा सहभागि हुन पाउँदा निकै खुशी लागेको बताएका थिए । 

समापन कार्याक्रममा पालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद डवाडी, बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटी, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, पालिका कृषि शाखा प्रमुख लगायतले आईपिएम पाठशालामा सिकेको सिपलाई आ आफ्नो खेतबारीमा लगाइने बालिमा कार्यान्वयन गर्न अनुरोध गर्नुभएको थियो । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर