कृषि

मण्डनदेउपुर नगरपालिकाद्वारा किसानलाई कृषि औजार तथा उपकरण हस्तान्तरण

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले तीन वटा वडाका किसानलाई लागत साझेदारीमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ । 

आज नगरप्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यता र उपप्रमुख विष्णुमणी नेपालको विशेष आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेर वडा नम्बर ९, १० र १२ का किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ ।

वडा नम्बर ९ मा कृषि औजार र कुटानी पिसानी मेसिन खरिद कार्यक्रम, वडा नम्बर १० मा तरकारी खेती प्रवद्र्धन कार्यक्रम र वडा नम्बर १२ मा कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत कृषि औजार तथा उपकण हस्तान्तरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख चुन बहादुर राईले जानकारी दिनुभयो । 

वडा नम्बर १२ मा ७ वटा विद्यूतीय धान कुट्ने मिल, १७ वटा विद्युतीय डिस्क मिल, ९ वटा च्याप कटर, १ वटा मल्टि थेसर, मकै छोडाउने मेसिन २० वटा र मिनिटिलर १७ वटा वितरण गरिएको छ । 

त्यस्तै वडा नम्बर १० मा मिनिटिलर ३६ वटा, विद्युतीय स्प्रे १५ वटा, टनेल प्लाष्टिक १ वटा, पावर टिलर २ वटा र मल्चिङ प्लाष्टिक ८ थान वितरण गरिएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो । 

वडा नम्बर ९ का लागि विद्युतीय डिस्क मिल ८ वटा र मिलिटिलर २० वटा वितरण गरिएको छ । 

कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले सजिलोका दिइएको प्रविधिको उच्चतम सदुपयोग गर्न किसानहरुलाई सुझाव दिनुभयो । उहाँले दुरुपयोग गरे अनुगमन गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्न समेत निर्देशन दिनुभयो । 

उपप्रमुख नेपालले नयाँ प्रविधिसंगै आम्दानीमा समेत बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । 

वडा नम्बर १२ का वडाध्यक्ष राज कुमार पराजुलीले कम लागतमा पाइयो भनेर जथाभावी प्रयोग नगर्न आग्रह गर्नुभयो । 

 

 

  
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर