कृषि

मण्डनदेउपुर–११ का किसानलाई ९० वटा बाख्रा र दुई वटा ब्याडको बोका वितरण

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले वडा नम्बर ११ का किसानलाई बाख्रा वितरण गरेको छ । 

आज नगरप्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यता र उपप्रमुख विष्णुमणी नेपालको विशेष आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेर गैराथोक बासपानी कृषक समूहमा आबद्ध किसानलाई बाख्रा वितरण गरिएको हो । 

पालिकाका पशुपन्छी विकास शाखा प्रमुख ध्रुब प्रसाद पराजुलीका अनुसार ९० वटा बाख्रा र दुई वटा ब्याडको बोका वितरण गरिएको छ । बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको हो । बाख्राका लागि क्लाल्सियम, भिटामिन, नाम्ले र जुकाको औषधी समेत वितरण गरिएको शाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । 

समूहका अध्यक्ष तल बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र लामा, पशु सेवा प्राविधिक डिल लाल श्रेष्ठ, समाजसेवी रत्न बहादुर तामाङ लगायतको उपस्थिति थियो । 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर