खेलकुद

केम्पो वर्ल्ड च्याम्पियनसिपमा नेपालको प्रभावशाली प्रदर्शन, हालसम्म १७ पदक प्राप्त

milijulikhabar

२२ औं विश्व केम्पो च्याम्पियनसिप–२०२६ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म १७ पदक जित्न सफल भएको छ । प्रतियोगिता टर्कीको अन्तालिया सहरमा जारी छ ।

प्रतियोगिता २६ अप्रिलसम्म जारी रहने भएकाले थप पदक जित्ने हाम्रो अपेक्षा गरिएको नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले जानकारी दिनुभयो । यो प्रतियोगितामा नेपालबाट कुल १६ खेलाडी तथा अधिकारीहरू सहभागी भएका छन् ।

काता (जुनियर) मा मोनालिसा धामीले स्वर्ण पदक जित्दा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदक जितेका छन् । हतियार काता (जुनियर) मा मोनालिसा धामीले रजत, सुलभ श्रेष्ठ र क्रिडिक्स विक्रम कुँवरले कांस्य पदक प्राप्त गरेका छन् । १८ वर्ष माथिको काता विधामा यमन पाण्डेले कांस्य पदक जितेको अध्यक्ष शाहले बताउनुभयो । 

त्यस्तै समूह कातामा मोनालिसा धामी र इरा गौतमको जोडीले कांस्य पदक जित्दा सेल्फ डिफेन्स १ः३ मा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईको टोलीले कांस्य पदक हात पारेका छन् । मिक्स्ड सेल्फ डिफेन्स (पुरुष तथा महिला) मा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी सेल्फ डिफेन्स विधामा अञ्जना शाही र मोनालिसा धामीले कांस्य पदक प्राप्त गरेका छन् । 

दोस्रो दिन (२३ अप्रिल २०२६) को सबमिसन विधा (जुनियर) मा क्रिडिक्स विक्रम कुँवरले रजत पदक जित्दा मोनालिसा धामी, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जितेका छन् । 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर