खेलकुद

मण्डनदेउपुर नगरस्तीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मण्डन भ्याली एकेडेमीलाई

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनेदउपुर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मण्डन भ्याली एकेडेमीले हासिल गरेको छ । 

आज सम्पन्न प्रतियोगितामा ६ वर्ण, ५ रजत र १ काश्य गरी १२ पदक सहित मण्डन भ्याली एकेडेमी प्रथम भएको हो ।

प्रतियोगितामा न्यू लिटिल स्टार इङलिस स्कुल ५ वर्ण, २ रजत र ३ काश्य गरी १० पदकसहित द्धितिय भएको छ । 

डेडीथुम्का मावि महादेवस्थान तृतीय भएको छ । उसले ३ स्वर्ण, २ रजत र ४ काश्य गरी ९ पदक सहित तृतीय भएको छ ।

प्रतियोगितामा उमा सह शिक्षालय माविले ३ स्वर्ण, १ रजतसहित ४ पदक प्राप्त गरेको छ । महाकालि मावि नगरकोटले २ स्वर्ण, ५ रजत र ४ काश्यसहित ११ पदक प्राप्त गर्दा वीज्डम एकेडेमीले २ स्वर्ण, २ रजत र ३ काश्यसहित ७ पदक प्राप्त गरेको छ । 

द्वारपालेश्वर माविले २ स्वर्ण र २ रजत गरी ४ पदक, बिन्धबासिनी माविले २ स्वर्ण, १ रजत र १ काश्यसहित ४ पदक, चण्डेनी माविसले १ स्वर्ण, ३ रजत र २ काश्यसहित ६ पदक, बागदेवी मावि देउरालीले १ स्वर्ण, २ रजत र ३ काश्यसहित ६ पदक प्राप्त गरेको छ । 

त्यस्तै गरी तपेश्वर माविले १ स्वर्ण, २ रजत र १ काश्यसहित ४ पदक, महाकाली मावि चैनपुरले १ स्वर्ण र १ काश्यसहित २ पदक, बालुवा माविले १ स्वर्ण, १ रजत र १ स्वर्णसहित ३ पदक, डेडीथुम्का मावि ढोडिनीले २ रजत र २ काश्यसहित ४ पदक, ब्रह्मायणी माविले ३ काश्य, इन्द्रावती माविले १ काश्य पदक प्राप्त गरेको छ । 

यसै वर्ष मात्रै यो प्रतियोगितामा समावेश भएको नवप्रतिभा आविले कुनै पनि पदक प्राप्त सकेन । प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका १३ सामुदायिक र ४ वटा संस्थागत गरी १७ वटा विद्यालय सहभागि थिए ।  

नगरपालिकाको वडा नम्बर ११ स्थित डाँडागाउँ खेलमैदानमा आइतबारबाट सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ छात्र र छात्रा गरी विभिन्न ३० वटा विधिामा प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा ४३० छात्रा तथा ४२९ जना छात्रहरु विभिन्न विधामा सहभागि थिए । जस मध्ये ७४ जनाले स्वर्ण पदक, ७४ जनाले रजत र ७४ जना काश्यगरी जम्मा २२२ जना विद्यार्थीले पदक प्राप्त गरेका छन् । 

प्रतियोगितामा एथ्लेटिक्स तर्फ मण्डन भ्याली एकेडेमीका छात्र रमित पुर्कुटी र महाकाली मावि नगरकोटका छात्रा अस्मिता तामाङ, कबड्डी तर्फ उमा सहशिक्षलयका छात्र दिलिप लामा र छात्रा जुनु लामा, भलिबल तर्फ न्यू लिटिल स्टारका छात्र आगमन सापकोटा र मण्डन भ्याली एकेडेमीका छात्रा दिपिका भण्डारी उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

विजेता खेलाडी तथा विद्यालयलाई नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणी नेपाल लगायतले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगिता मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक निरञ्जन विष्टको अध्यक्षतामा भएको थियो ।  

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर