खेलकुद
दोस्रो कोन्ज्योसोम कपः फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
ललितपुर जिल्लामा दोस्रो कोन्ज्योसोम कप, फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
प्रतियोगिता कोन्ज्योसोम गाउँपालिका वडा नम्बर १ चौघरे, लथान डाँडामा भएको थियो । वडा नम्बर १ को आर्थिक सहयोग तथा विश्व स्वतन्त्र क्योकुशिन संघ (डब्लु.आई.के.ओ.) ले आयोजना गरेको प्रतियोगिता हिजो सम्पन्न भएको हो । प्रतियोगितामा ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंका खेलाडी सहभागि थिए । विभिन्न ७ वटा ईभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पुरुष ३५ के.जी. मूनी तौल समुह तर्फ प्रनिश स्याङतान तामाङ प्रथम, दिबेक तामाङ दोस्रो, बुविन घ्याबा तामाङ र मनिश तामाङ तेस्रो भएका छन् । पुरुष ४० के.जी. तौल मूनी समुह तर्फ अबिराज लामा तामाङ प्रथम, प्रमित सुनुवार दोस्रो, राजु स्याङ्तान तामाङ र श्री कृष्ण खड्का तेस्रो भएका छन् ।
पुरुष ४५ के.जी. मूनी तौल समुहमा रोशन घ्लान तामाङ प्रथम, रोमन तामाङ दोस्रो, प्रकाश तामाङ र प्रशान्त स्याङतान तेस्रो भएका छन् । पुरुष ५० के.जी. तौल मूनी समुहमा लक्ष्मण घ्लान तामाङ प्रथम, पवन वि.क दोस्रो, सुबोध पुरी र सुमन स्याङतान तामाङ तेस्रो भएका छन् ।
महिला ५० के.जी. मूनी तौल सूमहमा सबिता मिजार प्रथम, सोनिया थिङ तामाङ दोस्रो, अनिशा घ्लान तामाङ र आशा स्याङतान तामाङ तेस्रो भएका छन् । महिला खुल्ला तौल समुह तर्फ रुविना श्रेष्ठ प्रथम, रोशनी तामाङ दोस्रो, सलिना तामाङ र पुर्णिमा तामाङ तेस्रो भएका छन् ।
काता तर्फ सरोज थिङ तामाङ प्रथम, नविन राई दोस्रो, पुजना श्रेष्ठ र अर्जुन स्याङतान तेस्रो भएका छन् ।
वन भर्सेस वन प्रतियोगिताको ५५ के. जी. मुनि तौल समुहमा नितेश तामाङ प्रथम र पासाङ तामाङ दोस्रो भएका छन् भने वन भर्सेस वन प्रतियोगिताकै ६० के. जी.तौल मूनि समुहमा रम्तेन लामा तामाङ प्रथम र अनिल स्याङतान तामाङ दोस्रो हुनुभएको छ ।
विजेता खेलाडीहरुलाई वडा नम्बर १ का वडा अध्यक्ष सन्तलाल लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम मार्फत मेलड, प्रमाणपत्र र ट्रफि वितरण गरिएको थियो । वडा अध्यक्ष लामाले आगामी दिनमा समेत खेलकुद क्षेत्रको विकासका लागि वडाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलमैदानलाई ब्यवस्थित गर्ने योजना समेत छिट्टै अघि बढाउने बताउनुभयो ।
(डब्लु.आई.के.ओ.) का नेपाल ब्रान्ज चिफ दिल दोर्जे लामाले यस्ता प्रतियोगिता मार्फत खेलाडीहरुमा नयाँ सिकाईसँगै अनुभव आदानप्रदान हुने बताउनुभयो ।
प्रयोगिताको समापन (डब्लु.आई.के.ओ.) कोन्ज्योसोम ब्रान्जका प्रमुख जोक बहादुर थिङको अध्यक्षतामा भएको थियो ।








