खेलकुद

खानीखोला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, कुमारी मावि प्रथम

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा पालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा कुमारी मावि प्रथम भएको छ । जनविकास मावि दोस्रो र जनहित मावि तेस्रो भएको छ । भृकुटी मावि, बाल विकास मावि, शारदा मावि, धार्ने ज्योती मावि र देवीस्थान आधारभूत विद्यालयले विभिन्न विधामा पदक प्राप्त गरेका छन् । 

विजयी खेलाडी तथा विद्यालयहरुलाई पालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले पुरस्कार प्रदान गर्नुभएको थियो । अध्यक्ष छिन्ताङले प्रतियोगिताले विद्यार्थीहरुमा नयाँ उर्जा थपिएको बताउनुभयो । साथै उहाँले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि गाउँपालिकाले उचित वातावरणको सिर्जना गरेको बताउनुभयो ।  

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर