खेलकुद
प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ७ कटुञ्जेबेसीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता हिजो र आज दुई दिन चलेको थियो । गाउँपालिकाको सहयोग तथा विश्व स्वतन्त्र क्युकोशिन कराँते संघले प्रतियोगिताको आयोजना गरेको हो ।
उत्कृष्ट खेलाडीहरुलाई पालिका उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच पुरस्कार वितरण वितरण गरिएको थियो । पुरस्कार वितरण उपाध्यक्ष वाईबाले कराँते खेलको विकास र विस्तारका लागि पालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाले कराँते खेललाई नितिगत रुपमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरेर जानुपर्नेमा जोड दिनुभयो ।
ब्यवसायी एवं समाजसेवी स्मृता तामाङले विद्यालय तहबाटै खास गरी किशोरीहरुका लागि आत्मा रक्षा तालिम दिइनुपर्ने बताउनुभयो ।
विश्व स्वतन्त्र क्युकोशिन कराँते संघका अध्यक्ष दिलदोर्जे तामाङले प्रतियोगिता एकपछि अर्को वर्ष विशेष बन्दै गइरहेको बताउनुभयो । ग्रामीण भेगबाट खेलाडी उत्पादन गर्ने यो प्रतियोगिताले निकै मद्दत गरेको बताउनुभयो ।
महिला काता तर्फ सोनाक्षी लामा प्रथम, आशमान तामाङ दोस्रो र सोनिया लामा तेस्रो, पुरुष काता तर्फ सरोज थिङ, आयुष अधिकारी दोस्रो र सुदीप ग्याबा तेस्रो भएका छन् ।
प्रतियोगितामा ३५ केजी मुनि महिला तर्फ प्रथम सितल तामाङ, दोस्रो अनामिका तामाङ, कुमारी तामाङ र एलिना लामा तेस्रो भएका छन् ।
४५ केजी मुनि महिला तर्फ रिना माझी प्रथम, कुसुम थिङ, तेस्रो सिर्जना थापा र प्रियशा मगर भएका छन् ।
५५ केजी मुनि महिला तर्फ निशा सुनुवार प्रथम, सविता मिजार दोस्रो, अनिशा तामाङ र पूर्णिमा तामाङ, महिला भारी वजन तर्फ सुमित्रा नगरकोटी प्रथम, रोशनी लामा दोस्रो, रुबिना श्रेष्ठ र ऋतिका सुर्खेती तेस्रो भएका छन् ।
त्यस्तै ३० केजी मुनि पुरुष तर्फ आर्यन तामाङ प्रथम, दिपेक लोप्चन दोस्रो, रोहन बि.के र सुमन बि.के तेस्रो, ३५ केजी मुनि पुरुष तर्फ विनय तामाङ प्रथम, राजु तामाङ दोस्रो, माणिक मोक्तान र सुबराज थिङ तेस्रो भएका छन् ।
४० केजी मुनि पुरुष तर्फ रोमन तामाङ पहिलो, अजित तामाङ दोस्रो, अभिराज लामा र प्रकाश तामाङ तेस्रो, ४५ केजी मुनि पुरुष तर्फ रमित महर्जन प्रथम, अनिल बोहरा दोस्रो, अमिर तामाङ र वीरध्वज मोक्तान तेस्रो भएका छन् ।
५० केजी मुनि पुरुष तर्फ प्रभात स्याङ्तान पहिलो, राजेश नगरकोटी दोस्रो, सुमन स्याङ्तान र मनोज तामाङ तेस्रो, ५५ केजी मुनि पुरुष तर्फ होमबहादुर राई प्रथम, शमूल मगर दोस्रो, साम्तेन लामा र निश्चल तामाङ तेस्रो भएका छन् ।








