कृषि

चौरींदेउराली गाउँपालिकाका किसानहरुलाई आधुनिक कृषि औजार वितरण 

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको चौरींदेउराली गाउँपालिकाका किसानहरुलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । 

पालिकाको अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत माहनदास लामाको उपस्थितिमा गाउँपालिका भित्रका विभिन्न वडाका किसानहरुलाई कृषि औजार वितरण गरिएको हो ।  

गाउँ पालिकाको ५० प्रतिशत अनुदानबाट २९ लाख ५० हजार र किसानहरुको ५० प्रतिशत लागत सहभागीमा २९ लाख ५० हजार गरि जम्ममा ५९ लाख बजेटमा खरिद गरिएका कृषि सामग्री हिजो वितरण गरिएका हो । 

मिनिटिलर ९० वटा, कुटानी पिसानी मिल ६९ वटा, मकै छोडाउने मेसिन २७ वटा, इलेक्ट्रोनिक स्प्रेयर ६० वटा, पिसानी मिल ३ वटा, ट्याक्टर १ वटा र बाँदर धपाउने यन्त्र ५ वटा औजारहरु वितरण गरिएको पालिकाका कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले जानकारी दिनुभयो ।

आधुनिक कृषि औजार पाएपछि किसानहरु खुशी भएका छन् । कम जनशक्ति र लागतमा खेतीपाती गरेर कृषि उत्पादन बढाउन सकिने किसानहरुको विश्वास छ । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर