कृषि

डोको मै दूध बोकेर बार्षिक ४ लाख कमाई गर्दै मण्डनका जोगलाल तामाङ

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का जोगलाल तामाङले डोको मै दूध बोकेर बार्षिक राम्रो आम्दानी गर्दै आउनुभएको छ । 

तामाङले डोकोमै दुध बोकेर बार्षिक ४ लाख ४६ हजार ८४५ रूपैयाँ कमाई  गर्नुभएको हो । तामाङको घरमा दुई वटा भैंसी र एउटा गाई दुहुना छन् । 

उहाँले दैनिक २५ देखि ३० लिटर दूध बिक्री गर्दै आइरहनुभएको छ । धेरै दूध बिक्री गरे बापत तामाङ सम्मानित समेत हुनुभएको छ । उहाँलाई वडा नम्बर ९ को चौरबेसीमा रहेको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले मेडल, बाल्टी र प्रमाणसहित सम्मान गरेको हो । 

यो सहकारीमा नियमित दूध संलकन गर्ने ७८ जना किसानमध्ये धेरै दूध बिक्री गरेर जोगलाल तामाङ प्रथम हुनुभएको हो । 

सहकारी संस्थाका अनुसार दूध बिक्रीबाट ३ लाख २३ हजार ६१५ कमाई गरेर राज कुमारी तामाङ दोस्रो र २ लाख ९८ हजार १२० रुपैयाँ कमाई गरेर सुस्मिता तामाङ तेस्रो हुनुभएको छ । दूध बिक्रीबाट २ लाख ५५ हजार ९५५ रुपैयाँ आर्जन गरेर यादव प्रसाद नेपाल चौथो हुनुभएको छ ।

उहाँहरु सबैलाई आज सम्पन्न सहकारीको २६ औं बार्षिक साधारणसभा मार्फत सम्मान गरिएको छ ।  

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर