कृषि

भुम्लु गाउँपालिकाको गज्जबको कामः गुन्द्रुक बनाउन किसानसंग साग किन्ने

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले राम्रो कामको थालनी गरेको छ । 

पछिल्लो समय साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने गरी गाउँपालिकाले आज एक सूचना जारी गरेको छ । 

गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको साग किनिदिने भएको हो । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसंग साग खरिद गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीले जारी गरेको सूचनामा भनिएको छ । 

किसानसंग खरिद गरिएको सागबाट गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ । पन्ध्र दिनभित्र आफुसंग रहेको सागको परिणाम सहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन सूचना मार्फत भनिएको छ । 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर