अर्थ

बिहानी सम्बर्द्धक साकोसको अध्यक्षमा पुनः डिल्ली प्रसाद आचार्य

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा रहेको बिहानी सम्बर्द्धक साकोसको अध्यक्षमा पुनः डिल्ली प्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । 

आज सम्पन्न साकोसको १५ औं बार्षिक साधारणसभा तथा निर्वाचनबाट आचार्यको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो । 

उपाध्यक्षमा अप्सरा डोटेल, सचिवमा शेर बहादुर डोटेल, कोषाध्यक्षमा सरिता ढकाल र सह सचिबमा रमा डोटेल निर्वाचित हुनुभएको छ । 

सदस्यहरुमा केदार प्रसाद ढकाल, श्याम बहादुर तामाङ, जयराम डोटेल, बिमला मिजार, भवनाथ पुरी, कविता ढकाल, हुत्तराज न्यौपाने र रामशरण सार्की निर्वाचित हुनुभएको छ । 

लेखा समितिको संयोजकमा राजुु डाटेल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा  बबिता ढकाल र मन्दिरा सापकोटा दुलाल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

११ सय ४८ शेयर सदस्य र बालबचत ३१५ जना रहेका छन् । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर