अर्थ

नेपाल इँटा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभा धुलिखेलमा

milijulikhabar

नेपाल इँटा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा हुने भएको छ ।



साधारण भोली हुने महासंघका अध्यक्ष शंकर बहादुर चन्दले जानकारी दिनुभयो । साधारण सभाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा  दिईएको जानकारी अनुसार देशभरबाट २०० सयको हाराहारीमा इँटा उद्योग व्यवसायी साधारण सभामा सहभागि हुनेछ ।



साधारण सभाको आयोजना इँटा उद्योग व्यवसायी संघ काभ्रेपलाञ्चोकले गरेको हो । संघका काभ्रेपलाञ्चोक अध्यक्ष जितेन्द्र खाइमलेका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका उद्योग, व्यवसायी खेपिरहेको समस्या र समाधानका बारे समेत साधारण सभामा छलफल हुनेछ ।


देशभरका इँटा उद्योगले ३ लाख रोजगारी दिँदा २ लाख भारतीय श्रमिक हुनेछ । दक्ष कामदार अधिकांश भारतीय श्रमिक छन् ।



साधारण सभाको बन्द सत्रमा महासचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुनेछ ।



बैंकिङ रूपमा खेपिरहेको समस्या, इट्टा उद्योगीले खेपेको समस्या, नयाँ प्रविधि, वातावरण अनुकूलन उद्योग सञ्चालन लगायतका विषयमा छलफल महासंघका अध्यक्ष चन्दले बताउनुभयो ।



संघका अनुसार झण्डै ३० प्रतिशत उद्योग बन्द भएका छन् । गत सिजनमा मात्रै ४ सयको हाराहारीमा इँटा उद्योगहरू सञ्चालनमा रहेको र तिनले पनि आफ्नो उत्पादन पूर्ण क्षमतामा गर्न नसकेको महासंघले जनाएको छ ।



साधारण सभा भोली नै सम्पन्न हुनेछन् । 

 



प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर