अर्थ

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको निर्वाचन तालिका सार्वजनिक

milijulikhabar

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकको निर्वाचनमा होमिएको छ । संघको निर्वाचन कार्यक्रम समेत सार्वजनिक भएको छ । 

 

हिजो मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले जारी गरेको प्रारम्भिक नामावली अनुसार ३४२ वटा सहकारी सदस्य छन् । भोली विहान १० देखि १ बजेसम्म छुट नाम दर्ता सच्याउने वा हटाउने र दिउँसो ३ बजेति अन्तिम नामावली प्रकासन गरिनेछ । 

 

भदौ २४ गते १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । ४ः३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारी उपर दाबी विरोध, दाबी विरोध माथि छानविन र नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारहरुको अन्तिम नामावली प्रशासन हुनेछ । 

 

संघको नयाँ नेतृत्वका लागि यही भदौ २६ गते मतदान हुँदैछ । निर्वाचन दिउँसो १ बजेदेखि ४ः३० बजेसम्म हुने बताइएको छ । मत गणना मतदान कार्यक्रम सम्पन्न भएपछि हुने निर्वाचन उपसमितिले जनाएको छ । 

 

४ वर्षका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि निर्वाचन गर्न लागिएको हो । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर