अर्थ
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको निर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ ।
निर्वाचनमा एमाले विरुद्ध नेपाल काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनेको छ ।
एक जना अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट अमन पोटे श्रेष्ठ र एमालेको तर्फबाट राजन शाक्यको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष १ जना महिला पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट मिरा सत्याल र एमालेको तर्फबाट राधिका दाहाल घिमिरेको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्ला तर्फ एक जनाका लागि गठबन्धनबात शान्ति लामा तामाङ र एमालेको तर्फबाट ठाकुरनाथ अधिकारीको उम्मेवारी परेको छ ।
एक जना सचिव पदका लागि गठबन्धनबाट यदुनाथ हुमेगाँई र एमालेको तर्फबाट प्रकाश बञ्जराको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा गठबन्धनबाट अर्जुन प्रसाद सापकोटा र एमालेको तर्फबाट हिमाली श्रेष्ठको उम्मेदवार परेको छ ।
६ जना सञ्चालक समिति सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । अनन्त सत्याल, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्ण सागर रंजित, बलराम मानन्धर, मोहन कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, लक्ष्मण गौतम, सिद्धीलाल श्रेष्ठ, सुदर्शन अधिकारी, श्यामहरी सापकोटा र शिव प्रसाद ढुंगेल रहेका छन् ।
४ जना महिला सञ्चालक सदस्यका लागि एक जनाको मात्रै उम्मेदवारी परेको छ । देवकी तिमल्सिना दाहालको उम्मेदवारी परेको हो ।
लेखा सुपरिवेक्षण समिति संयोजक १ जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट डिल्ली प्रसाद आचार्य र एमालेको तर्फबाट गणेश प्रसाद भट्टराईको उम्मेवारी परेको निर्वाचन उपसमितिले जनाएको छ । लेखा सुपरिवेक्षण समिति महिला क्लष्टरमा एक जनाको पनि उम्मेदवारी परेको छैन । खुल्ला सदस्य तर्फ भने पवन राज कर्णजित र प्रेम नाथ शर्मा कोईरालाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि जम्मा सदस्य ३४६ रहेको छ । निर्वाचन भोली हुनेछ ।








