अर्थ

असोज ९ गतेदेखि ‘बनेपा महोत्सव’ हुने

milijulikhabar

राजधानी पूर्वको प्रमुख ब्यापारिक केन्द्र बनेपामा महोत्सव हुने भएको छ । 

 

असोज ९ देखि २४ गतेसम्म ‘बनेपा महोत्सव’ हुन लागेको हो । महोत्सव बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरको खाली जग्गामा संचालन हुनेछ । 

 

महोत्सवको आयोजना बनेपा ब्वाईज क्लब (विविसी) ले गरेको हो । क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यका अनुसार बनेपा महोत्सवको यो पाँचौं संस्करण हो । 

 

महोत्सव नेपालीहरुको मुख्य चाड दशैंलाई लक्षित गरेर आयोजना हुँदै आएको छ । फुलपातीको दिनसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको पाँचौँ संस्करण भव्य बनाउन तयारी सुरु गरिसकेको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।  


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर