समाचार

मण्डनदेउपुरका कुन विद्यालय र शिक्षक, कुन बिधाबाट सम्मानित ?

milijulikhabar
तस्बिर/ शब्द: प्रकाश सुन्दास

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले शैक्षिक वर्ष २०८२ को कक्षा ५, ८, १० र १२ को नतिजाका आधारमा उत्कृष्ट विद्यालय, विषयगत शिक्षक र प्रधानाध्यापकलाई सम्मान गरेको छ ।

कक्षा  ५ को नतिजाका आधारमा सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट नतिजा (९६ प्रतिशत) ल्याउने कालिदेवी आधारभूत विद्यालय, नौबीसे सम्मानित भएको छ । उत्कृष्ट विद्यालयहरूमा  कालिदेवी आधारभूत विद्यालय नौबिसे, भगवती आधारभूत विद्यालय (गैराथोक), भवानी आधारभूत विद्यालय (ढाईटार), जनकल्याण आधारभूत विद्यालय (ढाडगाउँ), महाकाली माध्यमिक विद्यालय (चैनपुर), नगरहोप आधारभूत विद्यालय (साठिकुरिया), पञ्चकन्या आधारभूत विद्यालय (झगरेडाँडा) र नन्दज्योति आधारभूत विद्यालय (रानीवन) सम्मानित भएका छन् । 

कक्षा ८ को परीक्षामा ३.४७ जिपिए ल्याएर पञ्चकन्या आवि झगरेडाँडा सामुदायिक विद्यालय तर्फ सर्वोउत्कृष्ट भएको छ । संस्थागत तर्फ ३.८१ प्रतिशत ल्याएर विज्डम कम्युनिटी स्कुल सर्वोउत्कृष्ट  भएको छ । महाकाली मावि चैनपुर, डेडीथुम्का मावि ढोडेनी, पञ्चकन्या आवि झगरेडाँडा र विज्डम कम्युनिटी स्कुल सतप्रतिशत नतिजा ल्याएर सम्मानित भए ।

कक्षा १० (एसईई–२०८२) परीक्षामा औषत जिपिएका आधारमा सामुदायिक विद्यालय तर्फ ३.४६ ल्याएर इन्द्रावती मावि साण्डीबेसी र  संस्थागत तर्फ न्यू लिटिल स्टार इङ्गलिस स्कुल सर्वोत्कृष्ट बिधामा सम्मानित भए । चण्डेनी मावि तिमल्सिनागाउँ, न्यू लिटिल स्टार इङ्गलिस स्कुल र इन्द्रावती मावि साण्डीबेसी सतप्रतिशत नतिजा प्राप्त गर्ने विद्यालयबाट सम्मानित भएका छन् ।  
कक्षा १२ को परीक्षामा सर्वोउत्कृष्ट जिपिएसहित बाग्देवी मावि देउराली सम्मानित भएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

कक्षा १० को परीक्षामा शतप्रतिशत नजिता प्राप्त गर्ने सामुदायिक विद्यालय तर्फ इन्द्रावती मावि साण्डीबेसीका प्रधानाध्यापक बेदप्रकाश खतिवडा र चण्डेनी मावि तिमल्सिनागाउँका प्रधानाध्यापक रामहरी खड्का तथा कक्षा १२ को परीक्षामा शत प्रतिशत नतिजा प्राप्त गर्ने बाग्देवी मावि देउरालीका प्रधानाध्यापक हिमाल केसी सम्मानित हुनभएको छ । 

कक्षा ५ को नतिजाको आधारमा नगरपालिकाले विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेको छ । अंग्रेजीमा कालीदेवी आवि, नौबिसेका गंगा बजगाई (४७.४३ जिपिए), नेपाली विषयमा नगरहोप आवि साठिकुरियाका उद्धव प्रसाद पराजुली (४१ जिपिए), गणित विषयमा कालीदेवी आवि नौबिसेका कविता पराजुली (४५.८६ जिपिए), विज्ञान तथा प्रविधिमा कालीदेवी आवि नौबिसेका उमा जोशी (४०.४३ जिपिए), सामाजिक अध्ययन तथा मानवमुल्य शिक्षामा भगवती आवि गैराथोकका पञ्चलाल तामाङ (४४.४५ जिपिए), स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा कालीदेवी आवि नौबिसेका अनुजा सापकोटा (४०.४३ प्रतिशत) र हाम्रो मण्डनदेउपुर विषयमा कालीदेवी आवि नौबिसेका सुदर्शन नेपाल (४२ जिपिए) सम्मानित हुनभएको छ । 

कक्षा ८ को नतिजाको आधारमा विषगत रुपमा औषसमा सबैभन्दा बढी जिपिए ल्याउने शिक्षकहरु सम्मानित भएका छन् । अंग्रेजी विषयमा डेडीथुम्का मावि महादेवस्थानका सुनमाया तामाङ÷दिपक सापकोटा (३.४५ जिपिए), नेपाली डेडीथुम्का मावि महादेवस्थानका संगिता नेपाल (३.६२ जिपिए), गणित विषयमा द्वारपालेश्वर मावि मानेडाँडाका अम्बादत्त जोशी (३.२९ जिपिए), विज्ञान तथा प्रविधि महाकाली मावि चैनपुरका राजकुमार बजगाई (३.५५ जिपिए), सामाजिक अध्ययन तथा मानवमुल्य शिक्षामा पञ्चकन्या आवि झगरेडाँडाका शोभा सापकोटा (३.६९ जिपिए), स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा डेडीथुम्का मावि महादेवस्थानका रविना लिम्बु÷सुनिता धौवञ्जरा र हाम्रो मण्डनदेउपुर विषयमा पञ्चकन्या आवि झगरेडाँडाका आशा तामाङ (३.७१ जिपिए) सम्मानित भएका छन् । 

एसईई परीक्षा २०८२ को नतिजाको आधारमा विषयगत रुपमा औसतमा सबैभन्दा बढी जिपिए भएका शिक्षकहरु पनि सम्मानित भएका छन् । अंग्रेजी विषयमा इन्द्रावती मावि साण्डीबेसीका धनपति भण्डारी (३.५७ जिपिए), नेपाली विषयमा इन्द्रावती मावि साण्डीबेसीका दिपक प्रसाद पराजुली (३.४२ जिपिए), गणित विषयमा इन्द्रावती मावि साण्डीबेसीका शंकर पराजुली (२.७७ जिपिए), विज्ञान विषयमा इन्द्रावती मावि साण्डीबेसीका नानीराम पराजुली (३.५१ जिपिए), सामाजिक अध्ययन विषयमा डेडीथुम्का मावि महादेवस्थानका रविना लिम्बु (३.१६ जिपिए), अर्थशास्त्र विषयमा इन्द्रावती मावि साण्डीबेसीका निशा त्रिताल (३.५१ जिपिए), ऐ, गणित विषयमा ब्रह्मायणी मावि गैह्राबिसौनाका मिता भण्डारी (३.२० जिपिए), ऐ, प्रथम वातावरण विज्ञान विषयमा बिन्धवासिनी मावि माझिगाउँका पुष्पराज अवस्थी (३.२८ जिपिए), ऐ द्धितिय का.स र लेखा विषयमा इन्द्रावती मावि साण्डीबेसीका दिपक प्रसाद पराजुली (२.६९ जिपिए) र द्धितिय कम्प्युटर विज्ञान विषयमा बाग्देवी मावि देउरालीका रिचेन्द्र (दोङ) तामाङ (३.० जिपिए) सम्मानित हुनुभएको छ । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर