समाचार

कुन्ताबेसीमा ‘बालविवाह र लागूऔषध दुव्र्यसन’ विरुद्ध सडक नाटक 

milijulikhabar
तस्बिरः प्रकाश सुन्दास

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसीमा बालविवाह र लागूऔषध दुब्र्यसनीविरुद्ध सडक नाटक प्रस्तुत गरिएको छ ।

ईको हिमाल नेपालको सहयोगमा नगरपालिका स्तरीय सिर्जनशील बाल सञ्जाल र नगरपालिका स्तरीय कोपिला किशोरी सञ्जालको संयुक्त आयोजनामा सडक नाटक प्रस्तुत गरिएको हो । 

कोपिला किशोरी सञ्जालकी अध्यक्ष बिहानी लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मण्डनदेउपुर नगरस्तरीय सिर्जनशील बाल सञ्जालकी अध्यक्ष निरुता तिमल्सिनाले गरेकी थिइन् । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले बालबालिका क्षेत्रमा नगरपालिकाले गर्दै आइरहेको कामको चर्चा गर्नुभएको थियो । साथै उहाँहरुले आफ्नो बालबालिकालाई कुनै पनि प्रकारको लागू औषधको दुब्र्ससनीमा पर्नबाट जोगाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

सिर्जनशील बाल सञ्जालका संरक्षक शिक्षक आनन्द सापकोटाका अनुसार सडक नाटकमा रोशनी रम्तेल, आमोश ढकाल, सुविन ढकाल, रेश्मी तामाङ, सुप्रिया तामाङ, युनिशा चौलागाइँ, विहानी लम्साल, रोजिना श्रेष्ठ, सुमिना तामाङ, निरुता तिमल्सिना, ओजस्वी दुलाल, सन्देश बुढाले विभिन्न भूमिकामा अभिनय गरेका थिए । 

नाटकमा लागूऔषध दुब्र्यसनीबाट हुने बेफाईदादेखि बालविवाह न्यूनीकरणसम्मका विषयवस्तुलाई समेटिएको थियो । 

 

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर