स्वास्थ्य

केयुका १ हजार ५२७ जना विद्यार्थी दीक्षित

milijulikhabar

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) का १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन् । केयूले २०८३ असार १९ शुक्रबार ३१ औँ दीक्षान्त समारोह (दोस्रो चरण) मार्फत ती विद्यार्थी दीक्षित भएका हुन् ।

केयुका अनुसार स्कूल अफ आट्सबाट १६१, स्कूल अफ एजुकेशनबाट ११२, स्कूल अफ इन्जिनियरिङबाट ३५५, स्कूल अफ लबाट ४२, स्कूल अफ म्यानेजमेन्टबाट १४६, स्कूल अफ मेडिकल साइन्सेजबाट ५०४ र स्कूल अफ साइन्सबाट २०७ जना दीक्षित भएका छन् । 

दीक्षित हुनेहरूमा पीएचडी÷डीएम÷एमसीएच कार्यक्रमका २१ जना, एमफिल र मस्टर बाई रिसर्चका ९३ जना, स्नातकोत्तरका २७९ जना, पोस्टग्रयाजुएट डिप्लोमा इन एजुकेशनका २ जना र स्नातकका १,१३२ जना विद्यार्थीहरू रहेका छन् । 

दीक्षित हुनेहरूमा ८०० जना पुरुष (५२.३९ प्रतिशत) र ७२७ जना महिला (४७.६१ प्रतिशत) रहेका छन् । दीक्षित हुनेहरूमा अष्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र संयुक्त राज्य अमेरिकाका १७९ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् । 

विश्वविद्यालयले पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (२६ विद्यार्थी), डाक्टर मेडिसिनाइ इन नियोनेटोलोजी (३ विद्यार्थी) र मास्टर अफ साइन्स इन मेडिकल बायोकेमेस्ट्री एन्ड मोलिकुलर बायोलोजी (४ विद्यार्थी) विधामा उपाधि प्रदान गर्दैछ । यस दीक्षान्त समारोहसँगै काठमाडौं विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको कुल संख्या ५१ हजार ५६७ पुगेको छ ।  

 

 

 

 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर