स्वास्थ्य
मण्डनदेउपुरको चार विद्यालयमा पोषण जाँच शिविर हुने
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका चार विद्यालयमा पोषण जाँच शिविर सञ्चालन हुने भएको छ ।
नेपाल युथ फाउण्डेशन नेपाल पोषण पुनस्थापना केन्द्र सुनाकोठी ललितपुरको सहकार्यमा नगरपालिकाले शिविर सञ्चालन गर्न लागेको हो । बालबालिकामा कुपोषण पहिचानका लागि शिविर आयोजना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो । शिविर चैत ३ अर्थात भोलीदेखि ६ गतेसम्म सञ्चालन हुनेछ ।
३ गते जैसिथोक स्वास्थ्य चौकीमा चण्डेनी मावि वडा नम्बर ११ का बालबालिकाहरुको पोषण जाँच हुनेछ । ४ गते डेडिथुम्का मावि वडा नम्बर ९, ५ गते महाकालि मावि वडा नम्बर ४ र ६ गते बालुवा मावि वडा नम्बर २ मा पोषण जाँच शिविर हुनेछ ।
शिविरमा ६ महिनादेखि १० वर्ष उमेर समूहका बालबालिकाहरुको पोषण जाँच गरिनेछ । शिविरबाट पहिचान भएका कुपोषित बालबालिकाहरुको निःशुल्क उपचार हुनेछ । अघिल्लो वर्ष सञ्चालन गरिएको शिविरबाट पहिचान भएका दुई जना कडा कुपोषित बालबालिकाको निःशुल्क उपचार गरिएको थियो ।








