स्वास्थ्य

काभ्रेका २३ हजार भन्दा बढी बालबालिकाको पोषण लेखाजोखा गरिने

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लामा आजबाट राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भएको छ ।

यो अभियान अन्तर्गत जिल्लाभर २३ हजार २८२ जना बालबालिकाको पोषण लेखाजोखा गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाको पाखुरा नाप, उमेर अनुसारको तौल, उमेर अनुसारको उचाईको आधारमा पोषण लेखाजोखा गरिनेछ । 

अभियानमा ६ देखि ५९ महिनाका बालबालिका सहभागि हुनेछन् । आजबाट सुरु भएको यो अभियान यही बैशाख ३० गतेसम्म चल्नेछ । आफुलाई पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थामा पुगेर आफ्नो बच्चाको पोषण लेखाजोखा गर्न सकिने जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभयो । 

यही अभियान अन्तर्गत ६ महिनादेखि २३ महिनासम्मका करिब ७ हजार ४२७ जना बालबालिकालाई बालभिटा वितरण गरिने छ । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर