समाचार

मण्डनदेउपुरमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न एक दिने अभिमुखिकरण

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गराउने बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम नगरपालिकाको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको हो । अभिमुखिकरण जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित तथा मुख्य जोखिम समूहलाई लक्षित गरिएको थियो ।  

अभिमुखिकरणमा एचआईभी, एड्स रोकथामका उपाय, उपचारका विधि र स्थानका बारे छलफल भएको थियो । त्यस्तै एचआईभी संक्रमित ब्यक्तिलाई समाजमा हुँदै आएका लाञ्छना र भेदभाव न्यूनिकरणका विषयमा समेत छलफल भएको थियो । 

अभिमुखिकरणलाई समापन गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपतिले घर परिवार तथा समाजका सबै पक्ष जागरुक हुँदा एचआईभी रोग लाग्नबाट जोगाउन सकिने बताउनुभयो । साथै उहाँले एचआईभी एड्स लागेका ब्यक्तिलाई यो वा त्यो बहानामा भेदभाव वा लाञ्छना लगाउन नहुने बताउनुभयो  ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालयका नर्सिङ अधिकृतद्वय गायत्री पौडेल र सुदिक्षा पौडेलले गर्नुभएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले एचआईभी संक्रमितहरुलाई समाजमा घुलमिल हुन सबैले सहजीकरण गर्नुपर्ने बताउनुभयो । 

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर