फिचर
जापानका दुई विश्वविद्यालयका विद्यार्थी धुलिखेलमा, नेपाली परिवेशका बारे अध्ययन गर्ने
जापान स्थित दुई विश्वविद्यालयका विद्यार्थीहरू नेपालबारे अध्ययन गर्न धुलिखेल आइपुगेका छन् ।
ग्रामीण समाज कल्याण संघ, नेपाल (आर्सो–नेपाल) को समन्वयमा जापानस्थित नागोया विश्वविद्यालय (ल्बनयथब ग्लष्खभचकष्तथ) र काईसु विश्वविद्यालय (प्बष्कग ग्लष्खभचकष्तथ) का दुई प्रोफेसरका साथमा विद्यार्थीहरू नेपाल आएका हुन् । नेपाल आउने टोलीमा नागोया विश्वविद्यालयका ९ र काईसु विश्वविद्यालयका ७ जना विद्यार्थी सहभागि छन् ।
उनीहरुलाई आज एक कार्यक्रमका बीच धुलिखेलमा स्वागत गरिएको थियो । बागमती प्रदेश सभाका सांसद रत्न ढकालको प्रमुख आतिथ्यतामा नेपालको अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यार्थीहरुलाई सम्बोधन गर्दै सांसद ढकालले नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थलसंगै यहाँको ग्रामीण परिवेशको अध्ययन आफैमा निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा आर्सो नेपालका सल्लाहकार सन्तविर तामाङले नेपालको बारे जापानीज र जापानका बारे नेपाली विद्यार्थीले नजिकबाट जान्ने र बुझ्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । हिमशृंखला बाहेक नेपालबारे बुझ्नु पर्ने धेरै कुराहरु सिक्न यो कार्यक्रम उपयोगी हुने उहाँको भनाई छ ।
जापानिज र नेपाली विद्यार्थीहरूले एक अर्काको कला, संस्कृती, भेषभुषा, रहनसहन तथा रीतिरिवाजको बारेमा जानकारी लिने र दिने कार्यक्रम दुवै देशका लागि अवसर भएको आर्सो नेपालका अध्यक्ष पदम दुलालले बताउनुभयो ।
१० दिन लामो जापानिज विद्यार्थी र प्राध्यापकहरूको टोली नेपालमै रहनेछन् । आर्सो नेपालका महासचिव गुणबहादुर लामाले जापानका विद्यार्थीहरु नेपालका रहनसहन, भेषभूषा, बसोबासका तरिका, संस्कार–संस्कृतिको अध्ययन गर्न नेपाल आएको जानकारी दिनुभयो । 
विद्यार्थीहरूलाई नागोया विश्वविद्यालयका डा. प्रोफेसर विश्वराज कँडेल (Mr. Bishwa Raj Kandel, Phd) र काईसु विश्वविद्यालयका पिएचडी एशोसिएट प्रोफेसर सुयोशी अकियाले (Mr. TSUYOSHI AKIYAMA ) सहजीकरण गर्नुहुनेछ ।
यो कार्यक्रमबाट नेपाली र जापानिज विद्यार्थीहरुबीच सिकाइ र अनुभव आदानप्रदान हुनुका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन समेत सघाउ पुग्ने प्रोफेसर कँडेलले बताउनुभयो ।
एशोसिएट प्रोफेसर अकियाले यो भ्रमण विद्यार्थीहरुका लागि निकै उपलब्धी मुलक हुने बताउनुभयो । यसको महत्व, एक जना विद्यार्थी दोस्रो पटक सहभागि हुनुले पनि पुष्टि गरेको उहाँको भनाई छ ।
उनीहरुले धुलिखेलमा रहेको सामुदायिक विद्यालय, स्थानीय क्लब, महिला तथा कृषि समूहले उत्पादन गरेको वस्तुहरु, बिक्री वितरणका लागि बजारको अध्ययन अवलोकन गर्नेछन् । साथै उनीहरुले नेपालका विभिन्न पौराणिक, पूरातात्विक ठाउँहरुमा अवलोकन भ्रमण समेत गर्ने छन् ।








