मनोरञ्जन

धुलिखेल नगर बाल सञ्जालद्वारा आयोजित नृत्य प्रतियोगितामा वडा नम्बर ७ प्रथम

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर बाल सञ्जालले आयोजना गरेको नृत्य प्रतियोगितामा वडा नम्बर ७ को बाल क्लब प्रथम भएको छ । 

 

६० औं राष्ट्रिय बालदिवस २०८१ को अवसर पारेर आज आयोजना गरिएको वडा बाल क्लब स्तरीय नृत्य प्रतियोगिता वडा नम्बर ७ प्रथम हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

 

त्यस्तै वडा नम्बर ५ को बाल क्लब द्वितीय भएर ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । वडा नम्बर ६ को बाल क्लब तृतीय हुँदै ५ हजार तथा वडा नम्बर ३ को बाल क्लब सान्त्वना हुँदै नगद ३ हजार पुरस्कार प्राप्त गरेको नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाले १२ वडामा गठन भएका बाल क्लबहरुको १ बर्षभित्र गरेको कामको कार्यसम्पादन मुल्याङकन समेत गरेको छ । उक्त मुल्याङ्कनका आधारमा धुलिखेल वडा नम्बर ४ को वडा बाल क्लब सञ्जाल उत्कृष्ठ बनेको छ । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर