मनोरञ्जन
‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को ताज थापा, मानन्धर, खड्का र बम्जनलाई
‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा प्रतियोगिताको फाइन सम्पन्न भएको हो ।
‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को छैटौं संस्करणमा ताज जुनियर र सिनियर गरेर एकसाथ ४ जनाले पहिरिएका छन् । प्रतियोगितामा जुनियर केटा तर्फको ताज विशेष थापा र जुनियर केटी तर्फ रुबोना मानन्धरले हात पारे । त्यस्तै सिनियर केटातर्फ सुब्रत खड्का र सिनियर केटीतर्फ एड्रिना बम्जन विजेता भएर ताज पहिरिए ।
त्यस्तै सिनियर केटातर्फ पृथक जङ थापा फष्ट रनर अप, बिनित राज केसि सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ परिसा केसी फष्ट रनर अप र सजनी तिवारी सेकेन्ड रनर अप भए ।
प्रतियोगितामा जुनियर केटातर्फ फष्ट रनर अप एलेक्स तामाङ ब्लोन र सेकेन्ड रनर अप रिह्याज कायस्थ तथा जुनियर केटीतर्फ होइसर तामाङ फष्ट रनर अप र बेबिना शाक्य सेकेन्ड रनरअप भए । प्रतियोगिताको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।
विजेताहरुलाई पुरस्कार प्रदान गर्दै जिसस प्रमुख गौतमले बालबालिकाभित्र रहेको अन्तरनिहीत प्रतिभालाई बाहिर ल्याउन यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका लेख्ने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाको क्षमता विकासमा यस्ता प्रतियोगिताहरुले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
लाइट, साउड सिस्टम, स्टेज अन्तर्राष्ट्रिय प्रतियोगिताको तरिकाले बनाइएको थियो । कार्यक्रममा सबै बालबालिकाको अभिभावकले ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को प्रशनसा गरेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा सबिना प्रजापति प्रिन्सिपल (किडस क्यास्टल ), बिजय सिंह मुस्याजु सेकेण्डरी इन्चार्ज ( बेलर इन्टरनेशनल एकेडेमी) अशोक पाण्डे निर्देशक–प्रिन्सिपल (शेमरक निस्ट वर्ल्ड स्कूल), लभ कार्की प्रमुख कार्यकारी निर्माताMedia 9 -WOW & Business 360 Magazine), निलिमा मास्के श्रेष्ठ गितकार तथा कवियत्री लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनलसम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । शीर्ष उपाधी जित्ने बिजेताहरुलाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ ।








