मनोरञ्जन

तीन नेपाली बालकलाई थाइल्याण्डमा  ‘जुनियर मोडल एण्ड सुपर ग्लोब इन्टरनेशनल २०२४’ को उपाधि 

milijulikhabar

तीन जना नेपाली बालकहरुले अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । थाइल्याण्डमा आयोजना भएको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब इन्टरनेशनल २०२४’ मा तीन नेपाली बालकहरूले उपाधि जित्न सफल भएका हुन् । 

 

प्रतियोगितामा सहभागी सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोलले उपाधि हात पारेका हुन् । प्रतियोगितामा घिसिङले फष्ट रनरअप (टिन) को अलवा बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपाल र प्रिन्स आफ एसियाको उपाधि समेत हासिल गर्न सफल भए । 

 

त्यस्तै आरभ गौतमले एक्ट्रिम ट्यालेन्ट प्रिन्स र बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपालको उपाधि प्राप्त गर्दा डंगोल भने सेकेन्ड रनरअफ (प्रिटिन) र बेष्ट इन्टरभ्यु (प्रिटिन) भए ।

 

बैंककमा आयोजित प्रतियोगितामा सौगातले टिन (१३ देखि १५ वर्ष), आरभले प्रिन्स (८ देखि १० वर्ष) र कृतज्ञले प्रि–टिन (१०देखि १२ वर्ष) समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विश्वका २० बढी राष्ट्रका बालबालिकाको सहभागिता थियो । प्रतियागितामा सहभागि बालकहरुले नेपालको भेषभुषा र कला संस्कृति समेत प्रदर्शन गरेका थिए ।

 

प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी थिए । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०२४’ का विजेता हुन् ।

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर