मनोरञ्जन

काभ्रेका पत्रकार अरबिन्द्र गौतम सम्मानित

milijulikhabar

मण्डला राष्ट्रिय प्रतिभा सम्मान- २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन् । राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।



गौतमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए ।


नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान-२०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।


नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह- सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए ।



उनी प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् ।

 


प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर