समाज

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन

milijulikhabar

धुलिखेल खानेपानी तथा सरसफाई सरसफाई उपभोक्ता समितिको आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । 

निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । जस अनुसार अध्यक्षमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ । कृष्णभूषण खोँजु श्रेष्ठ, केशब बहादुर खुलाल केसी, श्याम दर्शन गणेजु र राजकुमार श्रेष्ठ तखाछे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिदैँछन् । 

सचिव पदमा दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ । जिवनाथ पराजुली र बिन्द्र लाल खोँजु श्रेष्ठबीच प्रतिस्पर्धा हुन लागेको हो । 

कोषाध्यक्ष पदमा पनि दुई जना बीच प्रतिस्पर्धा हुने छ । प्रभात कुमार श्रेष्ठ र हरिकृष्ण तिमल्सिना चुनावी मैदानमा होमिएका हुन् । 

निर्वाचन समितिका संयोजक गायत्री रमण घिमिरेका अनुसार वडा नम्बर ३ बाट प्रतिनिधित्व हुने महिला र पुरुष दुबै सदस्यको पद निर्विरोध भएको छ । अर्जुन बहादुर थापा र मादवी केसी निर्विरोध निर्वाचित हुनुभएको हो । 

त्यस्तै गरी वडा नम्बर ४ बाट महिला सदस्यमा लोक कुमारी खरेल, वडा नम्बर ६ बाट महिला सदस्य दिलहरी माया श्रेष्ठ र वडा नम्बर ७ बाट महिला सदस्यमा लक्ष्मी माकजु श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । पदाधिकारीसहित बाँकी वडा सदस्य पदमा समेत मतदान हुने भएको छ । 

मतदान भदौ ६ गतेका लागि तोकिएको छ । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा धुलिखेल नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ नम्बर वडाका घरधुरी पर्दछन् । ३ हजारभन्दा बढी सदस्य मतदान प्रक्रियामा सहभागि हुने बताइएको छ । उम्मेदवारहरुलाई साउन ३१ गते निर्वाचन चिन्ह वितरण गरिने निर्वाचन कार्यतालिका छ । 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर