शिक्षा
मण्डनदेउपुरको अग्रणी डेडीथुम्का मावि महादेवस्थानको विब्यस अध्यक्षमा सुर्दशन लम्साल
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालय महादेवस्थानको ब्यवस्थापन समिति अध्यक्षमा सुर्दशन लम्साल चयन हुनुभएको छ ।
लम्सालले आज विद्यालय ब्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको हो । डेडीथुम्का मावि महादेवस्थान मण्डनदेउपुर नगरपािलकाभित्रै पुरानो मध्ये एक र गर्भिलो विद्यालयको रुपमा चिनिन्छ ।
यो विद्यालयले सम्भवतः पहिलो पटक कम उमेर समूहका तर्फबाट ब्यवस्थापन समिति अध्यक्ष पाएको हो । अध्यक्षमा चयन हुनुभएका लम्सालले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई सुमधर बनाउँदै गुणस्तरीय शिक्षाका लागि आवश्यक सबै पहल गर्ने बताउनुभयो ।






