शिक्षा
ईको हिमालको सहयोगमा मण्डनदेउपुरको द्धारपालेश्वर माविका २० विद्यार्थीलाई छात्रवृत्ति
मण्डनदेउपुर नगरपालिका–३ स्थित द्धारपालेश्वर माध्यामिक विद्यालयका २० जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति वितरण गरिएको छ ।
ईको हिमाल, नेपालको सहयोगमा आयोजित कार्यक्रममा छनोटमा परेका १५ जना विद्यार्थीलाई स्वःआर्जित छात्रवृत्तिअन्तर्गत जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
स्वआर्जित छात्रवृत्ति यो सानो रकम बालबालिका तथा अभिभावकद्धारा परिचालन गरि बिउ पुजीको रुपमा विद्यालयले परिचान गर्ने रकम हो । यदि यो रमकवाट किनेको कुनै चौपायहरुको भवितब्य केही परेमा परिवारलाई आर्थिक भार नपरोस भनेर इको हिमालले बिमाको व्यवस्था समेत गरेको छ यो सानो रकमको परिचालन कसरी गर्न सकिन्छ भनेर अभिभावक तथा बालबालिकालाई व्याबसायि योजना कसरी बनाई लैजान सकिन्छ भनेर इकोहिमाल नेपालका कार्यक्रम अधिकृत धर्मराज पौडोलले अभिमुखिकरण समेत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमराज विश्वकर्माले संस्थाले दुर्गम तथा आर्थिकरूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारका तर्फबाट ईको हिमाल, नेपालप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, विद्यालय, अभिभावक र सहयोगी संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण बनगाईले छात्रवृत्रि प्राप्त गर्ने विद्यार्थीलाई अझ मिहेनतका साथ अध्ययन गरी प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम सफल बनाउन योगदान र्पुयाउने ईको हिमाल, नेपालका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा उपस्थित सम्पूर्ण महानुभावप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
स्वआर्जित छात्रबृत्ति कार्यक्रमका संयोजक श्याम बहादुर तामाङका अनुसार ईको हिमाल, नेपालको यस सहयोगले विद्यालयका आर्थिकरूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको कुरा बताउनु भयो ।






