शिक्षा

नापित समुदायका १९ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

milijulikhabar

नापित समुदायका १९ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित भएका छन् । नेपाल नापित समाज केन्द्रीय समितिको आयोजनामा एसईई २०८२ मा उत्तीर्ण नापित समुदायका विद्यार्थीहरूको सम्मान आज सम्मान गरिएको हो । 

नेपाल नापित समाज केन्द्रीय समितिका अध्यक्ष ज्ञानबहादुर नापितको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापित प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको थियो । ललितपुर निवासी प्रदिन नापित प्रथम, हरिसिद्धि निवासी क्रिजन नापित द्वितीय र पोखरा निवासी ओसिन नापित तृतिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

कार्यक्रममा नेपाल नापित समाज अक्षयकोष सञ्चालन समितिका संयोजक पुरुषोत्तम नापित, समाजका निवर्तमान अध्यक्ष राजन नापित, सल्लाहकार नारायण नापित, कानुनी सल्लाहकार प्रबिण नापित, सौरभ छात्रवृत्ति कोषका संस्थापक तीर्थ नापित, बैंकिङ ट्रेनर पूर्णमान नापित तथा समाजसेवी पूर्णराज शाक्यलगायतको उपस्थिति रहेको थियो ।

समाजका सचिव राजेन्द्र नापित नेवाःले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि दिनेशकुमार नापितले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । समाजका उपाध्यक्ष श्यामहरि नापितले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव राजेन्द्र नापितले कार्यक्रमको उद्देश्य तथा समाजका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर