शिक्षा

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर बन्यो देशभरकै पूर्णखोप सुनिश्चित विद्यालय घोषणा भएको पहिलो स्थानीय तह

milijulikhabar
तस्बिरः प्रकाश सुन्दास

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । नगरपालिका नेपालकै पहिलो पूर्णखोप सुनिश्चित विद्यालय घोषणा भएको स्थानीय तह बन्न सफल भएको छ ।

पालिकालाई आज जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चित विद्यालय घोषणा भएको प्रमाणपत्र प्रदान गरेको थियो । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला स्तरीय खोप समितिका संयोजक दिपक गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर पालिकालाई पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरिएको हो । 

नगरपालिका क्षेत्रभित्र सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम पाउनुपर्ने सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरिएको जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख टोक बहादुर वाईबाले नागरिकलाई स्वास्थ्य सेवा विस्तार नगरपालिका नगरपालिकाले कन्चुसाई नगरेको बताउनुभयो । 

उपप्रमखु विष्णमणि नेपालले यो घोषणालाई ऐतिहासिक दिनका रुपमा लिनुपर्ने बताउनुभयो । 

पालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेका अनुसार पूर्णखोप सुनिश्चित विद्यालय घोषणा पूर्व स्वास्थ्यकर्मी तथा विद्यालयहरु धेरै मेहेनत गरेका छन् र आगामी दिन अझ बढी काम गर्नुपर्ने छ । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर