शिक्षा
मण्डनदेउपुर नगरपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान, इन्द्रावती माविको दबदबा
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले शैक्षिक सत्र २०८२ को वार्षिक विद्यालय तहको परीक्षाको नतिजाका आधारमा सम्मान गरेको हो । यो वर्षपनि सम्मान पाउनेमा वडा नम्बर १२ को इन्द्रावती मावि शिर्षस्थानमा रह्यो ।
इन्द्रावतीले एसईई परीक्षामा लगातार ४ वटा नगरपालिका टप गरेको छ । एसईई २०८२ मा यो विद्यालयबाट ३.७० जिपिए ल्याएर रोशनी बर्देवा र ऋतिका पराजुली नगरभर छात्रा तर्फ सर्वोत्कृष्ट भए । उनीहरुलाई नगरपालिकाले नगर ५/५ हजार रुपैयाँसहित सम्मानित गरेको छ ।
यो विद्यालयका प्रधानाध्यापक बेद प्रसाद खतिवडा उत्कृष्ठ प्रधानाध्यपक, अंग्रेजी, नेपाली, गणित, विज्ञान, अर्थशास्त्र, लेखा विषयमा नगर प्रथम भएको छ । त्यस्तै सामुदायिक विद्यालय तर्फको नगर प्रथम इन्द्रावती मावि नै भएको छ ।
एसईई २०८२ मा डेडीथुम्का मावि महादेवस्थानकी सुजिता लम्साल (३.६९ जिपिए) सहित नगर द्धितिय र महाकाली मावि चैनपुरकी कविता गौतमले (३.६४ जिपिए) सहित नगर तृतियको नगर क्रमशः ३ हजार र २५ रुपैयाँ तथा सम्मानपत्र प्राप्त गरे ।
सामुदायिक विद्यालयको एसईई २०८२ को छात्र तर्फ वडा नम्बर १२ कै बाग्देवी मावि देउरालीका शाश्वत पौडेल (३.६६ जिपिए) सहित नगर प्रथम भए । त्यसैगरी नगरद्धितिय भएको तपेश्वर माविका प्रिन्स जोशी (३.६१ जिपिए) र द्वारपालेश्वर मावि मानेडाँडाका मिनध्वज तामाङले (३.५८ जिपिए) सहित नगद र प्रमाण प्राप्त गरे ।
संस्थागत विद्यालयको छात्र तर्फ मण्डन भ्याली एकेडेमीका प्रशान्त नेपाल नगर प्रथम, समिर राई नगर द्धितिय र आदर्श सापकोटाले नगर तृतियको नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै छात्रा तर्फ मण्डन भ्याली एकेडेमीकै शिखा सापकोटा नगर प्रथम र प्रतिज्ञा लामा नगर द्धितिय हुँदा लिटिलस्टार इंलिस स्कुलकी शान्ती लामा नगर तृतिय हुँदै नगर र प्रमाणपत्रसहित सम्मानित भए ।
नगरपालिकाले एसईई परीक्षा २०८२ मा ३.२० देखि ३.६० जिपिए ल्याउन सफल ५२ जनालाई नगद २/२ हजारसहित सम्मान गरेको छ ।
नगरपालिकाले नगरस्तरीय कक्षा ८ को बार्षिक परीक्षामा नगर सर्वोत्कृष्ठ हुने डेडीथुम्का मावि महादेवस्थानका उमङ्ग श्रेष्ठ, नगर द्धितिय हुने हाङ्सा काङ्दङ्वा र नगर तृतिय हुने बिन्धवासिनी मावि माझिगाउँका संकल्प नेपाललाई सम्मान गरेको छ ।
छात्रा तर्फ कक्षा ८ को नगरस्तरीय बार्षिक परीक्षामा नगरप्रथम हुने महाकालि मावि चैनपुरका अनुस्का लामा र शुशिला कुँवर, नगर द्धितिय हुने बिन्धवासिनी मावि माझिगाउँका अनुस्का नेपाल, डेडीथुम्का मावि महादेवस्थानका कृषा सापकोटा र महाकालि मावि चैनपुरका सुविना पुर्कोटी तथा नगर तृतिय हुने डेडीथुम्का मावि महादेवस्थानका ओजस्वी दुलाललाई सम्मान गरेको छ ।
त्यसैगरी संस्थागत विद्यालयको छात्र तर्फ नगर प्रथम हुने मण्डनभ्याली एकेडेमीका मनोरम सापकोटा, नगर द्धितिय हुने विज्डम कम्युनिटी स्कुलका रिजन दंगाल र नगर तृतिय मण्डनभ्याली एकेडेमीका आयुष तिमल्सिना सम्मानित भएका छन् । छात्रा तर्फ भने नगर सर्वोत्कृष्ट सविता माझी, नगर द्धितिय अनुस्का नेपाल र नगर तृतिय सुविना पुर्कोटी विज्डम कम्युनिटी स्कुलबाटै भए ।
नगरपालिका स्तरीय कक्षा ५ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयको छात्रा तर्फ कालीदेवी आवि नौबिसेका सुहानी लम्साल नगर सर्वोत्कृष्ठ, महाकाली मावि चैनपुरकी रसिना तिमल्सिना नगर द्धितिय र समृद्धि बजगाई नगर तृतिय भए ।
छात्र तर्फ ब्रम्ह्याणी मावि गैह्रीबिसौनाका नविन सुवेदी नगर प्रथम, महाकाली मावि चैनपुरका उत्सब बजगाई नगर द्धितिय र सोही विद्यालयका खगेन्द्र प्रसाद अधिकारी नगर तृतिय भएका छन् ।
कक्षा १२ को सामुदायिक विद्यालयको छात्रा तर्फ बाग्देवी मावि देउरालीका लक्ष्मी पराजुली नगर सर्वोत्कृष्ठ, डेडीथुम्का मावि महादेवस्थानका सपना लामा नगर द्धितिय र महाकाली मावि चैनपुरका स्वस्तिका बजगाई नगर तृतिय भए ।
छात्र तर्फ तपेश्वर माविका सुनिल श्रेष्ठ नगर प्रथम, सोही विद्यालयका खेमराज रावत नगर द्धितिय र डेडीथुम्का मावि महादेवस्थानका सविन न्यौपाने नगर तृतिय भएका छन् ।
सम्मानित हुने विद्यालय, विद्यार्थी तथा शिक्षकहरुलाई नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणी नेपाल, वडाहरु तथा शिक्षा सेवीहरुले शुभकामना दिनुभएको थियो ।







