समाज
ईको हिमाल नेपालको सहयोगमा शिक्षा प्रणालीमा लुकेका अवरोधहरुको सम्बोधन कार्यक्रमको शुरुवात
मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा रहेको डेडीथुम्का माद्यामिक विद्यालयमा शिक्षा प्रणालीमा लुकेका अवरोधहरुको सम्बोधन कार्यक्रमको शुरुवात गरिएको छ ।
इको हिमाल नेपालको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय शिक्षामा सिकाई तत्परता गराउन कक्षा ३ देखि ७ सम्ममका बालकालिकाको सिकाईमा प्रत्यक्ष असर पार्ने तर सामान्यतया देखिदै नदेखिने अवरोधहरुको पहिचान गरि दैनिक कक्षा कोठा र सामुदायिक क्रियाकलाप मार्फत तत्काल सम्बोधन गर्ने उपायहरु पत्ता लगाई कार्यन्वयन गर्नेको लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यो कार्यक्रम तीन चरणमा सञ्चालन गरिने छ, आवश्यकताको पहचान गर्ने, आवश्यकतालाई सम्बोधन हुने गरि कार्यान्वयन गर्ने र निरन्तरता तथा प्रभावकारिताको लागि अनुगमन गरि कार्यक्रम सञ्चालन गरिने छ । यस विद्यालयमा यो कार्यक्रम १४ महिना सम्म कार्यन्वयन गरिने छ । यो कार्यक्रम यस विद्यालयम परिक्षणको रुपमा सञ्चालन गरिने छ । यो परिक्षण प्रभावकारी भयो भने मण्डनदेउपुरका सबै विद्यालयहरु सञ्चालन गर्ने योजना रहेको कुरा इको हिमाल नेपालका कार्यक्रम अधिकृत धर्म राज पौडेलले जानकारी गराउनु भयो ।
शिक्षा प्रणालीमा लुकेका अवरोधहरुको सम्बोधन कार्यक्रम के हो किन आवश्यक छ र कसरी सञ्चालन गरिन्छ भन्ने बारेमा सोसियल ल्याव नेपालका कार्यक्रम निदेशक अजित भट्टले अभिमुखिकरण गर्नु भएको थियो ।
विद्यालयको शिक्षामा यस कार्यक्रमले बालबालिकाको चौतफी विकास गरि सानो कक्षा देखि नै बालबालिकामा सकरात्मक प्रभाव पर्नेछ र अहिलेको भन्दा राम्रो नतिजा दिन सकिने कुरा विद्यालयका प्रधानाध्यापक शिवकुमार पौडेल बताउनु भयो ।
बालबालिकाको शिक्षा सिकाईमा कसरी प्रभावकारीता ल्याउन सकिन्छ भनेर मनोविज्ञान अध्ययन गरेर पढाईलाई प्रभावकारीता ल्याउनको लागि यो कार्यक्रमले राम्रो भूमिका खेल्नेछ र यो प्रभावकारी रुपमा कार्यन्वयन भई शिक्षाको गुणस्तरमा सुधार गर्ने कुरामा आशावादी रहेको कुरा मण्डनदेउपुर नगरपालिकका शिक्षा शाखा प्रमुख विनोद कार्कीले बताउनु भयो ।
यस कार्यक्रम परिक्षणको लागि यहाँ शुरुवात हुन लागेको खुशि लागेको छ र यस कार्यक्रमको प्रभावकारीता र प्राप्त हुने नतिजाको आधारमा नगरपालिकाले सबै विद्यालयमा लागु गर्ने वातावरण सृजना गर्न सक्ने छ र व्यवहारिक तथा मनोसामाजिक भावनाको आधारमा पठनपाठन शुरु गर्दा यसले समाज तथा विद्यालयमा कतिको प्रभाव पार्ने सक्दछ त्यसको मुल्यांकनको आधारमा कार्यक्रमको विस्तार गर्ने तथा नगरपालिकाले अपनत्व लिने छ भन्ने कुरा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले बताउनु भयो ।
इको हिमाल नेपाल यस नगरपालिकाको स्वास्थ, शिक्षा तथा कृषिको लागि अति विश्वसनिय साझेदार संस्थाको रुपमा काम गरिरहेको संस्था हो । भुकम्प पश्चात हाल सम्म निरन्तर रुपमा काम गर्दै आइरहेको छ । यसरी शिक्षामा थप प्रभावकारीताको लागि शिक्षा प्रणालीमा लुकेका अवरोधहरुको सम्बोधन कार्यक्रमको शुरुवातको लागि हाम्रो नगरपालिकालाई छनोट गरी कार्यक्रम सञ्चालन गर्न लागेकोमा आभार व्यक्त गर्दै नितिगत रुपमा केही अप्ठेराहरु भएमा सुधार गरि विद्यालय सिकाई प्रक्रियमा थप योगदान दिनको यस विद्यालयले राम्रो प्रभाव देखाएमा यस कार्यक्रमलाई नगरपालिका भरीमा विस्तार गरिने नगरपालिकाका उप प्रमुख विष्णुमणी नेपालले बताउनु भयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन लम्सालको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।





