जीवनशैली
केयु परिसरमा वृक्षारोपण
काठमाण्डौ विश्वविद्यालय (केयु) परिसरमा वृक्षारोपण गरिएको छ ।
केयु र लक्ष्मी सनराइज बैंक पनौती शाखाको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । वृक्षारोपणका लागि ग्रीन भ्याली ग्रीन नेपाल, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ काभ्रे भ्यालीले सहयोग गरेका थिए ।

केयू परिसरको विभिन्न स्थानमा कल्की, जक्राण्डा, अजलिया फूल, कपुर लगायतका सात सय बिरुवा रोपिएको छ । केयुको वातावरण संरक्षण र हरियाली बनाउने गुरु योजना अन्तर्गत वृक्षारोपण गरिएको हो । प्रत्येक वर्ष वृक्षारोपण गर्नका लागि सहकार्य गर्ने विषयमा ग्रीन भ्याली ग्रीन नेपाल, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ काभ्रे भ्यालीबीच एक सहमति समेत भएको छ ।

आज १५० वटा कपुर, जकराण्डा २५, अम्बा १०, तेजपात २० वटा, शिषिस १० वटा, कल्पी ३०, कोइराला १० वटा सहित विभिन्न जातका विरुवा रोपिएको छ ।

केयुका रजिष्टार प्रा.डा अच्युत प्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको थियो । शिक्षक तालिम केन्द्र, बहुउद्देश्यीय हल र ब्लक–९ क्षेत्रमा वृक्षारोपण गरिएको केयुका प्राज्ञिक औद्योगिक संयोजक डा.राम लामाले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा स्कुल अफ साइन्सका डिन प्रा.डा जनार्दन लामिछाने, प्लानिङ तथा विकास निर्देशनालयका कार्यवाहक निर्देशक प्रा.डा विराज सिं थापा, भौतिक ब्यवस्थापन प्रमुख नभेन्द्र पौडेल, ग्रीन भ्याली ग्रीन नेपालका संस्थापक भुवन श्रेष्ठ, लक्ष्मी सनराईज बैंक क्षेत्रीय अपरेशन अफिसर जयन्द्र बादे श्रेष्ठ, लक्ष्मी सनराईज बैंक पनौती शाखाका म्यानेजर जमुना मोक्तान, रोटरी क्लब अफ धुलिखेलका निर्वाचित उपाध्यक्ष ज्योत्सना सैंजु, प्रमुख प्रशासक इन्जिनियर लक्ष्मण लामा, रोटरी क्लब अफ काभ्रेका अध्यक्ष अनुप श्रेष्ठ, केयुका मिडिया प्रतिनिधि शिव थापा लगायत सहभागि हुनुभएको थियो ।








