जीवनशैली

पनौतीले बेथानचोक गाउँपालिका जाने मुल सडक बन्द गरेपछि प्रशासनसंग गुहार

milijulikhabar

 

पनौती नगरपालिकाले मुल सडक बन्द गरेपछि बेथानचोक गाउँपालिकाले प्रशासनको साहारा मागेको छ । 

 

बैकल्पिक सडक बिना नै पनौती नगरपालिकाले मुख्य सडक बन्द गरेको भन्दै बेथानचोक गाउँपालिकाले प्रशासन गुहारेको हो । 

 

बेथानचोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर दुध, तरकारी, फलफूल, खानी जन्य सामाग्री लगायत ढुवानीमा अवरोध भएको तथा मानव स्वास्थ्यसंग प्रतिकुल असर परेको भन्दै तत्काल सडक मार्ग प्रयोगको व्यवस्था मिलाई दिन प्रशासन कार्यालयसंग अनुरोध गर्नुभएको हो ।

 

‘यस गाउँपालिकाबाट केन्द्रसंग जोड्ने मूल सडक (ढुंखर्क खोपासी पनौती सडक) खण्डमा निर्माण कार्यको लागि भनि पनौती नगरपालिकाद्धारा सूचना जारी गर्दै नेपाल सरकारको नीति विपरित बैकल्पिक मार्गको व्यवस्था विना नै अवरोध गरि सवारी साधन आवागमन बन्द गरेको र सोहि कारण यस गाउँपालिका लगायत यस गाउँपालिका हुँदै केन्द्र सम्म जोडिने अन्य पालिकाहरुलाई समेत दुध, तरकारी, फलफूल, खानी जन्य सामाग्री लगायत ढुवानीमा अवरोध भएको तथा मानव स्वास्थ्य संग प्रतिकुल असर पार्ने एम्बुलेन्स सेवा समेत सञ्चालनमा प्रभाव परेको हुँदा राष्ट्रिय नीति बमोजिम तत्काल सडक मार्ग प्रयोगको व्यवस्था मिलाई दिनु हुन अनुरोध छ ।’ प्रमुख प्रशासकीय अधिकृत भडारीले लेखेको पत्रमा भनिएको छ । 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर