जीवनशैली
मण्डनदेउपुर नगरपालिकाले दुई विषयमा गर्याे स्पष्ट
काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिकाले दुई विषयमा पत्रकार सम्मेलन मार्फत प्रष्ट पारेको छ ।
आज कुन्ताबेसीमा आयोजित पत्रकार सम्मेलन मार्फत मनमतीदेवी मन्दिर स्थानान्तरणमा भैरहेको अवरुद्ध र नाल्दुम नगरकोट लिफ्टिङ खानेपानी आयोजनाका बारे सामाजिक सञ्जाल मार्फत नगरपालिका लक्षित आरोपका बारे प्रष्ट पारिएको हो ।
‘१) नाल्दुम नगरकोट लिफ्टिङ खानेपानी सम्बन्धमा हाम्रो नगरपालिका वडा न. १ र २ को माथिल्लो भेग र नगरकोटका होटल व्यवसायहरुले झेल्दै आएको खानेपानीको अभावलाई पुर्ती गर्ने उद्देश्यले २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु आ.व. ०७७/०७८ को नगर कार्यपालिका तथा नगर सभाबाट स्वीकृतगरी बागमती प्रदेश सरकारसँग योजना माग गरी डि.पि.आर र डि.पि.आर बमोजिमको रकम स्वीकृत भई आ.व. ०७९/०८० मा श्री SAP/Kalika/Dirga Shakti JV., बानेश्वरसँग सार्वजनिक खरिद ऐन बानेश्वरसँग सार्वजनिक खरिद ऐन बमोजिम योजना कार्यन्वयनको क्रममा कूल लागत रु. २७,३५,६४,९०२.१३/– (अक्षेरुपी सताइस करोड पैतिस लाख चौसठ्ठी हजार नौ सय दुई रुपैया तेह्र पैसा मात्र) मध्ये १६,४८,३४,२९२.३६/– (अक्षेरुपी सोह्र करोड अठचालिस लाख चौतिस हजार दुई सय व्यानव्य रुपैया छतिस पैसा मात्र) मा नेपाल सरकारको नियम अनुसार योजना सम्झौता भई सुरुवात रहँदा सामाजिक सञ्जालहरुमा हाम्रो नगर भित्रका खेती योग्य जमिनलाई असर पर्ने र चाँगुनारायण नगरपालिकालाई पिउने पानी पठाउने भन्ने कुरालाई उल्लेख गरी अनर्गल प्रचार गरेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएकोछ ।
२) मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा रहेको जीर्णद्वार मनमति देविको मन्दिर पुनः निर्माण गर्ने कार्यमा निर्माणाधिन प्रशासनिक भवन आसपासमा रहेका स्थानीयबासी र नगरपालिकाको बिचमा निम्न सहमति भई निर्माण कार्य तत्काल गर्न तपशिलमा उल्लेख सहमति भएको छः
प्राविधिकको लागत स्टमेटमा भूकम्प प्रतिरोधात्मक नयाँ मन्दिर निर्माण गर्ने ।
मन्दिर रहने स्थानको जग्गा पहिला ०–११–३–० भएकोमा नगरपालिकाको बैठकले समुदायको माग बमोजिम यस नरपालिकाको नाममा रहेको ०–८–१–० जग्गा थपगरी जम्मा १–४–०–० जग्गा मन्दिर संरक्षण समितिले मन्दिरले संरक्षण गर्ने गरी निर्णय गरीएको ।
सो मन्दिर मर्मत सम्भारका लागि प्रत्येक वर्ष रु. १,५०,०००/– (अक्षेरुपी एक लाख पचास हजार मात्र)
उपलब्ध गराउने सहमति अनुसार चालु आ.व.को रकम मन्दिर संरक्षण समितिले बुझिलिएको, सो मन्दिरमा आउने श्रद्धालु भक्तजन बस्ने सतल निर्माण गर्ने, श्रद्धालु भक्तजनका लागि महिला र पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण गर्ने ।
श्रद्धालु भक्तजनका लागि खानेपानीको धारा निर्माण गर्ने, मन्दिरमा शैर्यसोलार बत्ति जडान गर्ने ।
सो विषयमा सहमति भई हिन्दु धर्मको परम्परा अनुसार पण्डितद्वारा क्षमापुजा गरी प्राङ्गण निमार्ण गर्ने सहमति भएकोमा पुनः सो विषयमाथि आज मिति २०८० असार १४ गते नगर प्रमुख टोक बहादुर वाइबाको अध्यक्षतामा स्थानीय राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितीमा नगरपालिकामा बैठक बसि राय लिइ नगरपालिकाले गरेको निर्णयहरुमा सहजीकरण तथा सहयोगका साथ अघि बढ्ने सहमती भएको हुँदा सामाजिक सञ्जाल मार्फत फैलाइएका गलत प्रचारको पछि नलाग्नुहुन सम्पूर्ण नगरबासी तथा सुभेच्छुकमा हार्दिक अनुरोछ गर्दछौं ।’ नगरप्रमुख टोक बहादुर वाईबाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, वडा अध्यक्ष तथा नगरस्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि उपस्थिति हुनुहुन्थयो ।








