विश्व
इमरान खानलाई टेलिभिजनमा प्रतिबन्ध, अटेर गरे लाइसेन्स खारेज गर्ने चेतावनी
पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानलाई टेलिभिजनमा प्रतिबन्ध लगाएको छ । सरकारविरुद्ध घृणा बढाएको भन्दै सरकारी अधिकारीहरूले विपक्षी दल पीटीआईका नेतालाई टेलिभिजनमा प्रतिबन्ध लगाएका हुन् ।
एघार महिना अगाडि विश्वासको मत पाउन नसकेपछि सत्ताबाट बाहिरिएका खानले निरन्तर 'अर्ली इलेक्सन'को माग गर्दै सभा तथा जुलुसहरू गर्दै आएका छन् । उनको पक्षमा जनसमर्थन बढ्दै गएको छ ।
उनले निरन्तर सरकारविरुद्ध अभिव्यक्ति दिन थालेपछि पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणले उनका भाषण तथा अभिव्यक्तिहरू टेलिभिजनमा प्रसारण गर्न रोक लगाएको हो ।
प्राधिकरणले स्याटेलाइट च्यानलहरूलाई खानका कुनै पनि रेकर्ड गरिएका वा लाइभ सामग्री प्रसारण नगर्न भनेको छ । निर्देशन पालना नगरे लाइसेन्स खारेज गर्ने चेतावनी दिइएको छ ।








