अन्तर्वार्ता
तेमाल जनस्तरबाट निर्मित उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा उदघाटनको तयारी तीब्र
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ टेकानपुर (योगरखुलुम) मा जनस्तरबाट निर्मित उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा उदघाटनको तयारी तीब्र पारिएको छ ।
यहि चैत १७ र १८ गते श्याल्पा तेन्जिन रिन्पोछेबाट गुम्बाको उदघाटन गरिने अध्यक्ष जगतमान लामा (दोङ) ले बताउनुभयो । अहिले ल्हाखाङ जाने सिँढी र गारो निर्माणको काम शुरु भएको छ । सुविधा सम्पन्न शौचालयको बाहिरी भागमा प्लाष्टरको काम पनि शुरु भएको छ । प्लाष्टर, पानी ट्याङ्की, सिँढी निर्माणको काम एकसाथ भइरहेको अध्यक्ष दोङले बताउनुभयो ।
शौचालयका लागि टाइल, प्लाम्बर सामान र बिजुलीको सामान पनि पुगेको छ । रिन्पोछे र लामा गुरुहरुलाई आवश्यक ठिको तयारी पनि भइरहेको छ भने ठिका लागि गलैँचा पनि केहिदिनमै प्राप्त हुने अध्यक्ष दोङले बताउनुभयो ।
चैत १० गतेभित्र सम्पूर्ण तयारी सम्पन्न हुने बताइएको छ । फागुन अन्तिमसम्म दान गर्नुहुने महानुभावको गुम्बा उदघाटनका दिनमा नाम सार्वजनिक गर्ने समेत तयारी भैरहेको अध्यक्ष दोङले बताउनुभयो ।








