धुलिखेल स्थित काठमाडौं विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको छ । केयुले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ३० औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।
केयुले यहि मंसिर २५ गते ३० औँ बार्षिकोत्सव कार्यक्रम मनाउने भएको छ । बार्षिकोत्सवको अवसरमा केयुले स्थापना देखि सेवा गर्नु भएको स्वर्गीय रामानन्द मिश्र र स्वर्गीय टीकादत्त बराललाई केयु ओरेसन २०२१ बाट सम्मान गरिने काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डाक्टर भोला थापाले जानकारी दिनुभयो ।
उपकुलपति डाक्टर थापाका अनुसार २९ गते २७ औं दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रम हुनेछ । २७ औँ भारतीय विश्वविद्यालय संघका महासचिव डाक्टर श्रीमती पंकज मित्तलको प्रमुख आतिथ्यतामा हुनेछ ।
Facebook Comments