Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?
Spread the love
    

 

हुन त एमालेले जिल्ला अधिवेशनको मिति तोकेको छैन् । तर भोली र पर्सी बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्टाभित्र जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने समेत कार्यसूची समावेश भएपछि काभ्रे जिल्लामा पनि भावी नेतृत्वको बारे चर्चा हुन थालेको छ ।

 

सम्भवतः स्थानीय तहको निर्वाचन घोषणा हुनु अघि नै जिल्ला र प्रदेशको अधिवेशन सकाउने गरी एमालेले निर्णय गर्नेछ । केन्द्रीय महाधिवेशन सकिएकाले केहि हदसम्म जिल्ला र प्रदेश अधिवेशन गर्न एमालेलाई सजिलो हुनेछ ।

 

काभ्रेको चिया पसल देखि सार्वजनिकक कार्यक्रमहरु समेत एमालेको समूहगत छलफल हुन थालेको छ । यसले के जनाउँछ भने भावी अध्यक्षमा सर्वसम्मत हुन गाह्रो छ । तर गुटगत उम्मेदवार भने बन्ने छैनन् । एमाले केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको मर्जीले ठूलो रोल खेल्ने छ ।

 

अहिले चिया पसल र सार्वजनिक कार्यक्रमहरुमा भावी जिल्ला कमिटी अध्यक्षको बारे चासो र चिन्ता जतिनै गरेपनि बाँस्कोटाले रोजेकै ब्यक्ति अध्यक्ष हुनेछन् । अर्थात जिल्ला अधिवेशनमा चितवन सम्पन्न भएको महाधिवेशनको शैली अपनाइने छ । गोकुल बाँस्कोटाले गोजीबाट लिष्ट पढ्ने छन् । र प्रतिनिधिहरुले ताली पड्काएर अनुमोदन गर्नेछन् ।

 

जिल्ला अध्यक्षका लागि वर्तमान एमाले अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको चर्चा छ । न्यौपाने ९ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो । सोहि अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ब्याञ्जु एमाले फुटपछि अध्यक्षमा मनोनित हुनुभएको हो ।

 

अध्यक्षमा पराजित भइसक्नु भएकाले यो पटक सर्वसहमतिमा अध्यक्ष चयन गर्ने हो भने न्यौपानेलाई नै अध्यक्ष बनाइनुपर्ने न्यौपाने निकटस्थहरुको भनाई छ । कतिपयले अध्यक्षको जिम्मेवारी पाइसक्नु भएका ब्याञ्जुको संगठन निर्माणमा समेत शंका गरेका छन् ।

 

‘ब्याञ्जु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुनुहुन्छ । तर जुन उहाँले अवसर पाउनु भएको थियो । जिल्लामा खास पार्टी चलायमान हुन नसकेको धेरैको बुझाइ छ । कता कता सिमित घेराभित्र मात्रै रमाउन खोजेको हो की भन्ने आभाष हुन्छ । उहाँले नयाँ ढंगबाट पार्टी हाँक्नु हुन्छ भन्ने आश थियो । तर पार्टीलाई नेतृत्व जुन उत्साह र हौलसाका साथ गर्नुपथ्र्यो त्यो देखिएन् । यो कुरा पनि पार्टीको उच्च नेतृत्वले हेरेको होला भन्ने लाग्छ । नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक जिल्ला कमिटी सदस्यले मिलिजुली खबरसँग भने ।’

 

ब्याञ्जु यो पटक अधिवेशन मार्फत अध्यक्ष भएर भुगोलको राजनीति गर्ने सोचमा रहेको उहाँ निकटकाहरु बताउँछन् । तर जिल्ला इन्चार्ज बाँस्कोटा ब्याञ्जु र न्यौपाने दुबैलाई सन्तुलनमा राखेर अघि बढ्ने सोचमा रहेको बताइन्छ । अध्यक्षमा दुबै नेताले दाबी नछोडे एक जनालाई प्रदेश कमिटीको उचित जिम्मेवारी दिने बाँस्कोटाको योजना छ ।

 

 

 

Post Views: 375

Spread the love
    

Facebook Comments

Next Post
फलाँटे र भुम्लुटारको समस्याप्रति गाउँपालिका अध्यक्ष जिम्मेवार बनेनन्-सांसद लम्साल (भिडिओ)

फलाँटे र भुम्लुटारको समस्याप्रति गाउँपालिका अध्यक्ष जिम्मेवार बनेनन्-सांसद लम्साल (भिडिओ)

रिमरेकले दियो अपाङ्गता भएका व्यक्तिका अविभावक र संरक्षकहरुलाई केयर गिभर तालिम

रिमरेकले दियो अपाङ्गता भएका व्यक्तिका अविभावक र संरक्षकहरुलाई केयर गिभर तालिम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!