लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान भोली सकिँदै छ । अन्तर्राष्ट्रिय रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्ममा यो दिवस मनाइने गरिन्छ ।
काभ्रेको भुम्लु गाउँपालिका पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । काभ्रेमा जिल्लामा पनि हिंसाका घ टना न्यूनिकरण हुन सकेका छैनन् ।
यो वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकिँदै गर्दा भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले फेसबुकमा राखेको स्टाटस हिंसा न्यूनिकरणका उपाय हुनसक्छन् ।
उपाध्यक्ष श्रेष्ठले लेख्नुभएको छ : ‘छोरा वंश हो भने, छोरी अंश हो । छोरा तन हो भने छोरी मन हो । छोरा मान हो भने छोरी सम्मान हो । छोरा संस्कार हो भने छोरी संस्कृति हो ।
छोरा भाग्य हो भने छोरी विधाता हो । छोरा शब्द हो भने छोरी अर्थ हो । छोरा गीत हो भने छोरी संगीत हो । छोरा सुख हो भने छोरी खुशी हो ।
छोरा प्रेम हो भने छोरी पुजा हो । छोरा घर हो भने छोरी संसार हो । त्यसैले मौनता को संस्कृति तोडौ, उजुरी गरी न्याय खोजौ ।’
Facebook Comments