Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गणेश लामाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
गणेश लामाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रेका युवा नेता गणेश लामाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मदेवारी दिने तयारी गर्नुभएको छ ।

 

लामाका निकटस्थहरुले प्रचार सामग्री बनाएर सामाजिक सञ्जाल मार्फत भोट माग्न सुरु गरिसकेका छन् । लामा काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट केहि महिना अघि सकिएको १४ औँ अधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

लामा अत्याधिक मत सहित महासमिति सदस्यमा विजयी हुनु भएको थियो । विजय कुमार गच्छदारले नेतृत्व गरेको तत्कालिन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । अहिले गच्छदारको पार्टी काँग्रेसमा विलय भएपछि महाधिवेशन मार्फत नै नेता लामा काँग्रेसको केन्द्रीय सदस्य बन्न लाग्नु भएको हो ।

 

गणेश लामा शेर बहादुर देउवा प्यालनबाटै केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नुहुनेछ । बागमति प्रदेशमा पनि गणेश लामाको समूह देउवा प्यालनमा खुलेरै लागेको थियो । लामालाई देउवाले पनि नजिकबाट चिन्ने गरेको बताइन्छ ।

 

गण्डकी प्रदेशमा एमालेको सरकार ढालेर काँग्रेसको सरकार बनाउन गणेश लामा नै परिचालित हुनुभएको थियो । गण्डकी प्रदेशको सरकारमा निर्णयक मानिएका सांसद दिपक मानाङ्गेलाई मनाएर एमाले सरकार गिराउन गणेश लामा पोखरामै पुग्नुभएको थियो ।

 

गण्डकी प्रदेश नेपाली काँग्रेसको पहिलो सरकार हो । त्यसको गुण तिर्न पनि लामालाई देउवाले जसरी पनि केन्द्रीय सदस्यमा निर्वाचित गराउने उनी निकटकाहरु बताउँछन् । गणेश लामा २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित हुनुभएको थियो ।

Post Views: 246

Spread the love
    

Facebook Comments

Next Post
पूर्वडिआइजी रमेश खरेलले ‘पार्टी’ गठन गर्ने

पूर्वडिआइजी रमेश खरेलले 'पार्टी' गठन गर्ने

ज्याम्दीको पुल निर्माणमा काभ्रे काँग्रेसले लियो अग्रसरता

ज्याम्दीको पुल निर्माणमा काभ्रे काँग्रेसले लियो अग्रसरता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!